×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
परमेश्वरसँग जोडिँदै

व्यक्तिगत रूपमा परमेश्वरलाई चिन्नु

परमेश्वरलाई खोज्नुहोस्– परमेश्वरलाई चिन्न के गर्नुपर्छ? अहिले नै, कसरी तपाईंले व्यक्तिगत रूपमा परमेश्वरसित सम्बन्ध राख्न सुरु गर्न सक्नुहुन्छ भनेर यहाँ स्पष्ट बताईएकोछ ।

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

परमेश्वरसित सम्बन्ध सुरु गर्नलाई तपाईंले के गर्नुपर्छ? के आत्मिक अनुभूतिलाई पर्खनुपर्छ? के निस्वार्थ पुण्यका कामहरू गर्नमा तल्लीन हुनुपर्छ? के परमेश्वरले तपाईंलाई स्वीकार गरुन् भनेर असल व्यक्ति बन्नुपर्छ? यी मध्ये कुनै पनि होइन। हामीले उहाँलाई कसरी चिन्न सक्छौं भन्ने कुरा बाइबलमा परमेश्वरले एकदमै स्पष्ट पार्नुभएको छ। अहिले नै, कसरी तपाईंले व्यक्तिगत रूपमा परमेश्वरसँग सम्बन्ध राख्न सुरु गर्न सक्नुहुन्छ भनेर यसले स्पष्ट पार्नेछ…

सिद्धान्त एक: परमेश्वरले तपाईंलाई प्रेम गर्नुहुन्छ, यसैले उहाँसँग तपाईंको जीवनको निम्ति उदेकको सुन्दर योजना छ।

परमेश्वरले तपाईंलाई सृष्टि गर्नुभयो। यति मात्र होइन, उहाँले तपाईंलाई धेरै प्रेम गर्नुहुन्छ, तपाईंले उहाँलाई चिनेको र उहाँमा अनन्त जीवन बिताएको चाहनुहुन्छ। येशुले भन्नुभयो, “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”

हामी प्रत्येकले व्यक्तिगत रूपमा परमेश्वरलाई चिन्न र बुझ्न सकौं, भनेर येशु आउनुभयो। येशुमा मात्र तपाइले आफ्नो जीवनको अर्थ र उद्देश्य बुझ्न सक्नुहुन्छ।

के कुराले परमेश्वरलाई चिन्नबाट हामीलाई टाढा राखिराखेको छ?…

सिद्धान्त दुई: हामी सबैमा पाप छ र हाम्रा पापले हामीलाई परमेश्वरबाट अलग गरेको छ।

हाम्रो पापको कारणले हामी परमेश्वरबाट टाढीएका छौँ भन्नेकुरा हामी थाहा गर्न सक्छौं । बाइबलले हामीलाई यसरी बताउँछ, “सबै जना भेडाहरू जस्तै बरालिएका छौं; सबै जना आफ्नै बाटो लागेका छौं।”

भित्रैबाट परमेश्वर र उहाँका मार्गहरूप्रति सक्रिय विद्रोह अथवा निष्क्रिय उदासिनताको भावना हामीसँग हुनसक्छ, यसलाई बाइबलले पाप भन्छ ।

हाम्रो जीवनमा पापको ज्याला मृत्यु हो अर्थात् परमेश्वरबाट आत्मिक रूपमा अलग हुनु हो। हाम्रा आफ्नै प्रयत्नबाट परमेश्वरसँग नजिक हुने हामीले प्रयास गरे तापनि, हामी निश्चित रूपमा असफल हुन्छौं।

हामी र परमेश्वर बीच एउटा गहिरो खाडल छ। यहाँका तीरहरूले परमेश्वरसम्म पुग्ने हाम्रा प्रयासहरूलाई दर्साउँछ, जस्तै अरूहरूको भलाइ गर्नु, धार्मिक कार्यहरू गर्नु, असल व्यक्ति हुने प्रयत्न गर्नु आदि। तर यसको समस्या यो हो कि यी कुनै पनि असल कामहरूले हाम्रो पापलाई साँच्चीकै ढाक्दैन वा हटाउँदैन।

हाम्रो पापको बारेमा परमेश्वर जान्नुहुन्छ जसको कारण उहाँ र हामी बीच यो एउटा बाधाको रूपमा रहन्छ। अझ भन्नुपर्दा, पापको ज्याला मृत्यु हो भनेर बाइबलले बताउँछ। हामी परमेश्वरबाट सदाको लागि अलग हुन सक्छौं … परमेश्वरले हाम्रा लागि जे गर्नुभयो त्यो बाहेक।

परमेश्वरसित हामीले कसरी सम्बन्ध गाँस्न सक्छौं त?

सिद्धान्त तीन: हाम्रा लागि येशु ख्रीष्टले हाम्रा पापको ज्याला तिरिदिनुभयो। अहिले उहाँले हामीलाई पूर्ण क्षमा पाउने र उहाँसँग घनिष्ट सम्बन्ध राख्ने अवसर दिनुहुन्छ।

येशु ख्रीष्टले हाम्रा सबै पापहरू लिनुभयो र उहाँले हाम्रो पापको खातिर क्रूसमा आफ्नो प्राण अर्पण गर्नुभयो। हाम्रो लागि उहाँको अगाध प्रेमको खातिर उहाँले यो गर्नुभयो।

“...उहाँले हामीलाई मुक्ति दिनुभयो, हाम्रा धार्मिकताका कामहरूको कारण होइन, तर उहाँको कृपाको कारण हो।” येशुको क्रूसको मृत्युको कारण, अब पापले हामीलाई परमेश्वरबाट अलग गर्न सक्दैन ।

“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”

येशु हाम्रा पापको खातिर मर्नु मात्र भएन, तर मृत्यु पश्चात्, उहाँले भन्नुभए झैँ तीन दिनपछि शारीरिक रूपमा उहाँ पुन: जीवित हुनुभयो।

येशुले आफ्नो बारेमा भन्नुभएका सबै कुराहरू सत्य थिए भन्ने कुराको यो एउटा प्रमाण थियो। येशुलाई चिन्नु र प्रेम गर्नु भनेको परमेश्वरलाई चिन्नु र प्रेम गर्नु थियो। किनकी येशूले भन्नुभयो “पिता र म एक हौं।”

येशुले हाम्रो प्रार्थनाको उत्तर दिनुहुन्छ । संसारको न्याय उहाँको हातमा छ र उहाँले हाम्रो पाप क्षमा गरी हामीलाई अनन्त जीवन दिनुहुन्छ। उहाँका अनगिन्ती आश्चर्यकर्महरूले उहाँको वचनको सत्यतालाई पुष्टि गर्छन्।

येशुले स्पष्टसँग भन्नुभयो, “एक मात्र बाटो, सत्य र जीवन मै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ जान सक्दैन।”

परमेश्वरकहाँ पुग्ने प्रयास कसरी गर्ने भनेर बताउनुको सट्टा, अहिले नै हामीले कसरी उहाँसँग सम्बन्ध गाँस्न सुरु गर्न सक्छौं भनेर येशुले बताउनुहुन्छ। येशु भन्नुहुन्छ, “मकहाँ आओ।” “यदि कोही तिर्खाउँछ भने, ऊ मकहाँ आओस् र पिओस्...उहाँको हृदयबाट जीवनको पानीको नदी बग्दछ ।”

येशू ख्रीष्टले क्रूसमा भोग्नु भएको वलिदान नै हामी प्रति उहाँको प्रेम थियो । अहिले हामीले परमेश्वरसँग व्यक्तिगत सम्बन्ध सुरु गर्नसकौं भनेर उहाँले हामीलाई बोलाउनुहुन्छ।

येशुले हाम्रा लागि के गर्नुभयो र उहाँले हामीलाई के दिनुहुन्छ भन्ने कुराहरू थाहा पाउनु मात्र पर्याप्त हुँदैन। परमेश्वरसँग सम्बन्ध गाँस्न, उहाँलाई हाम्रो जीवनमा निम्त्याउनुपर्छ…

सिद्धान्त चार: हामीले येशुलाई आफ्नो व्यक्तिगत प्रभु र मुक्तिदाताको रूपमा स्वीकार गर्नुपर्छ।

बाइबलले बताउँछ, “जतीले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार उहाँले दिनुभयो।”

विश्वासद्वारा हामी येशुलाई ग्रहण गर्छौं। बाइबलले बताउँछ, “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो, कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ।”१०

येशुलाई ग्रहण गर्नु भनेको उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनेर विश्वास गर्नुका साथै हाम्रो जीवन उहाँलाई डोर्याउन तथा मार्गनिर्देशन गर्न दिनु हो। येशुले भन्नुभयो, “म त तिनीहरूले जीवन पाऊन् र त्यो प्रशस्त मात्रमा पाऊन् भन्ने हेतुले आएँ।”११

येशुले प्रत्येकलाई निमन्त्रणा गर्नु भएको छ। उहाँले भन्नुभयो, “हेर, म ढोकामा उभिएर ढकढक्याउँछु। कसैले मेरो सोर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु।”१२

परमेश्वरको निमन्त्रणाप्रति तपाईंले कसरी प्रतिकृया दिनुहुन्छ ?

तल दिइएका यी दुई वृत्त चित्रहरूलाई विचार गर्नुहोस्:


आफू–निर्देशित जीवन

आफैले राज गरेको जीवन।

ख्रीष्ट येशु जीवन देखि बाहिर हुनुहुन्छ।

आफ्नै अधिनमा सृजिएका अनियोजित इच्छा र अभिलाषाहरु ।



ख्रीष्ट केन्द्रित जीवन

ख्रीष्टले राज गरेको जीवन ।

आफु ख्रीष्टमा समर्पित ।

ख्रीष्टको अधिनमा सुनयोजित इच्छा र अभिलाषाहरु।


माथिको कुन चित्रले तपाईंको जीवनलाई दर्शाउँछ ?

तपाईंको जीवन कुन चित्रसंग मिलेको तपाईं चाहनुहुन्छ?

यदी तपाईको जीवन दोस्रो चित्रसँग मिलेको तपाई चाहनुहुन्छ भने येशुसँग सम्बन्धको सुरुवात गर्नुहोस्…

अहिले नै तपाईंले येशुलाई ग्रहण गर्न सक्नुहुन्छ। यो कुरा याद राख्नुहोस् कि येशु भन्नुहुन्छ, “हेर म ढोकामा उभिएर ढकढक्याउँछु, कसैले मेरो स्वर सुनेर ढोका खोलिदियो भने, म त्यसकहाँ भित्र पस्नेछु।”१३ के उहाँको निमन्त्रणालाई तपाईंले स्वीकार गर्न चाहनुहुन्छ?

आफैलाई परमेश्वरमा सुम्पन तपाईंले उच्चारण गर्ने शब्दहरु भन्दा तपाईको हृदयको विचार महत्त्वपूर्ण हुन्छ। कसरी प्रार्थना गर्ने भनेर तपाईंलाई थाहा छैन भने, यहाँ दिइएको प्रार्थनाले तपाईंलाई मद्दत गर्नसक्छ:

“प्रभु येशू, मलाई तपाईको खाँचो छ। म मेरो जीवनको ढोका खोल्दछु, अनि तपाईलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु । मेरो पापको क्षमा गर्नु भएको लागि धन्यवाद। अब मेरो जीवनलाई तपाईले नै अधीन गर्नुहोस् र मलाई तपाईले चाहेजस्तै तपाईकै मनपर्दो बनाउनु होस् ।" आमेन।”

यदी तपाईले साँचो तवरले येशुलाई आफ्नो जीवनमा निम्त्यानुभएको छ भने, उहाँको प्रतिज्ञा अनुसार उहाँ तपाईंको जीवनमा आउनुभएको छ। तपाईंले परमेश्वरसँग व्यक्तिगत सम्बन्ध राख्न सुरु गर्नुभएको छ।

 भर्खरै मात्र मैले येशुलाई मेरो जीवनमा बोलाएँ (कुनै महत्त्वपूर्ण जानकारी)…
 मेरो जीवनमा येशुलाई म बोलाउन चाहन्छु, तर पहिला मेरो एउटा प्रश्नको उत्तर दिएको म चाहन्छु…

फुटनोटहरू: (१) यूहन्ना ३:१६ (२) यशैया ५३:६ (३) रोमी ६:२३ (४) तितस ३:५ (५) यूहन्ना ३:१६ (६) यूहन्ना १०:३० (७) यूहन्ना १४:६ (८) यूहन्ना ७:३७, ३८ (९) यूहन्ना १:१२ (१०) एफिसी २:८,९ (११) यूहन्ना १०:१० (१२) प्रकाश ३:२० (१३) प्रकाश ३:२०


अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More