×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
मेरो जीवन

मेरो जीवनको उद्देश्य के?

जब तपाईंले आफ्नो जीवनको उद्देश्य थाहा पाउनुहुन्छ; तपाईंको जीवन अझै अर्थपूर्ण हुन्छ।

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

हथौडा कीलाहरू ठोक्नलाई बनाइएको हुन्छ। अब कल्पना गर्नुहोस्, यो हथौडाको कहिल्यै प्रयोग भएन भने औजार बाकसमै थन्कन्छ। यसले त्यस हतौडालाई केही फरक पर्दैन।

तर अब त्यस हथौडामा आत्मा र सचेतना छ भनेर कल्पना गरौं। यो औजार बाकसमा थन्किएको धेरै समय भयो। त्यसलाई हाँसो उठ्छ, तर किन हाँसो उठ्यो त्यसलाई थाहा छैन। केही खड्किएको छ, तर त्यो के हो भनेर त्यो अनविज्ञ छ ।

त्यसपछि एक दिन कसैले त्यसलाई औजार बाकसबाट बाहिर निकाल्छ र अगेनोमा आगो बाल्न रूखका केही हाँगाहरू काट्न त्यसको प्रयोग गर्छ। जसको कारण उक्त हथौडा खुशी हुन्छ। समाएको, चलाएको र हाँगाहरू काटेको त्यस हथौडालाई मन पर्छ। यसको बाबजुद पनि दिनको अन्तमा त्यसले आफूलाई अझै अपूरो भएको महसुस गर्छ। हाँगाहरू काट्न आफु प्रयोगमा आएको देख्दा हथौडालाई रमाइलो भयो, तर त्यो यथेष्ट थिएन। अझै पनि ऊ भित्र केही खड्किरहेको थियो ।

त्यसपछिका दिनहरूमा त्यसलाई अक्सर प्रयोग गरियो। जस्तै केही पातला चट्टानहरू फुटाउन, टेबुलको खुट्टाहरु मिलाउन आदी I अझै पनि, त्यसले अपूरो महसुस गरिरहेको थियो। त्यसैले अन्य कामहरु जस्तै तोडफोड गर्ने, फुटाउने र सामान कुच्याउने सबै कामहरूमा त्यो प्रयोग हुन चाहन्थ्यो। धीत मरूञ्जेलसम्म यस्ता कामहरू गर्न पाए, आफ्नो अपूरोपनको महसुस समाधान हुन्छ भन्ने त्यसलाई लाग्थ्यो ।

तब एक दिन कसैले किला ठोक्न उक्त हथौडाको प्रयोग गर्छ। तब अचानक, त्यसको आत्माले वास्तवमा आफूलाई के का लागि बनाइएको थियो भन्ने कुरा बुझ्छ। वास्तबमा यो त किलाहरू ठोक्नको लागि बनाइएको थियो। यसरी त्यसभन्दा अघि उसले गरेका सबै कामहरू उसको लागि फिका भयो र धेरै समयदेखि हथौडाको आत्माले खोजेको कुरा भेट्टायो ।

हामी परमेश्वरसित सम्बन्ध गाँस्नको निम्ति उहाँको स्वरूपमा बनाइएका हौँ । उहाँसंगको सम्बन्धमा हुनुले मात्र हाम्रो आत्मालाई सन्तुष्ट गराउंछ । जबसम्म हामीले परमेश्वरलाई चिन्दैनौं, हामीले थुप्रै अद्भूत अनुभवहरू बटुलेका भएता पनि, हामीले किला ठोकेका हुँदैनौं। केही महान उद्देश्यहरूका लागि हाम्रो प्रयोग भएता पनि हामीले पूर्ण सन्तुष्टि भेट्टाउने अथवा त्यो उद्देश्यको लागि हाम्रो प्रयोग भएको थिएन जसका लागि हामी बनाइएका थियौं । अगस्टिनले यसलाई छोटकरीमा यसरी भने: “तपाईं (परमेश्वर)ले हामीलाई तपाईंको लागि बनाउनुभएको छ र तपाईंमा हामीले विश्राम नपाएसम्म हाम्रो हृदय बेचैन हुन्छ।”

परमेश्वरसितको सम्बन्ध मात्र त्यस्तो कुरा हो जसले हाम्रो आत्माको प्यास मेटाउँछ। येशु ख्रीष्टले भन्नुभयो, “म जीवनको रोटी हुँ। मकहाँ आउने कहिल्यै भोकाउने छैन, र ममाथि विश्वास गर्ने कहिल्यै तिर्खाउनेछैन।” जबसम्म हामीले परमेश्वरलाई चिन्दैनौं, जीवनमा हामी भोकाएका र तिर्खाएका हुन्छौं। हाम्रो भोक र प्यास मेटाउनलाई हामी विभिन्न थरीका कुराहरू “खाने” र “पिउने” प्रयास गर्छौं, तर ती ज्युँका त्युँ हुन्छन्।

हामी त्यही हथौडा जस्ता छौं। कुन कुराले हाम्रो जीवनमा रहेको रित्तोपन र अपूरोपनको अन्त्य गर्छ भन्ने हामी जान्दैनौं। नाजीका यातना शिविरमा समेत कोरि टेन बुम भन्ने व्यक्तिले परमेश्वरलाई पूर्णतया सन्तोषजनक पाए: “परमेश्वरमा ख्रीष्टसँगै आफूलाई लुकाइएको कुरा थाहा पाउनु नै हाम्रो खुशीको आधार थियो। हामीले परमेश्वरको प्रेममा विश्वास गर्न सक्छौं..हाम्रो चट्टान, जो गहिरो अन्धकार भन्दा पनि शक्तिशाली हुनुहुन्छ।”

साधारणतया जब हामी परमेश्वरलाई बाहिर राख्छौं, र परमेश्वरभन्दा अरू नै कुरामा सन्तुष्टि खोज्ने प्रयास गर्छौं, ती बाट हामीले कहिल्यै सन्तुष्टि पाउन सक्दैनौं। यो समस्याको समाधान खोज्नको निम्ति असन्तुष्ट भएर “अत्यधिक” रुपमा खानु र पिउनुले हामीलाई कहिल्यै सन्तुष्टि दिंदैन ।

हाम्रो हृदयको सबैभन्दा ठुलो चाहना भनेको परमेश्वरलाई चिन्नु र उहाँसँग सम्बन्ध गाँस्नु हो। किन? किनभने हामीलाई यसरी नै बनाइएको छ। के तपाईंले अब आफुलाई किला ठोक्ने प्रयोजनको लागि भेट्टाउनु भयो?

यस विषयमा अरू थाहा पाउन, वास्तविक जीवन लेख हेर्नुहोस्।

 परमेश्वरसँग कसरी सम्बन्ध सुरू गर्ने ?
 म प्रश्न सोध्न चाहन्छु…

अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More