×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
ईश्वरको अस्तित्व

परमेश्वर कहाँ हुनुहुन्छ ?

परमेश्वर कहाँ हुनुहुन्छ ? मानिसले भन्छन्, “मलाई ईश्वर देखाऊ” । तर यदि परमेश्वर अदृष्य हुनुहुन्छ भने कसरी उहाँले आफुले आफैलाई देखाउन सक्नुहुन्छ ?

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

मानौं कागजको एउटा चौडा टुक्रा माथि दुईजना मानिस छन् । उनीहरू दुई आयामिक छन्, उचाई र चौडाई भएको तर गहिराई छैन; कागजको त्यो टुक्रा नै उनीहरूको संसार हो, के उनीहरूले तपाईंलाई देख्न सक्छन् ? सक्दैनन्, उनीहरूले त्यो कागजमा जे छ त्यो मात्र देख्न सक्छ (उनीहरूको संसारमा) तिनीहरूसँग कुनै गहिराई धारणा छैन । अब मानिलिनुहोस् तपाईंले सानो औंलाले कागजलाई छुनुभयो के अब उनीहरूले तपाईंलाई देख्न सक्छ ? उनीहरूले तपाईंलाई पूरै देख्न सक्दैन। तर उनीहरूले तपाईंको औंलाको टुप्पोलाई देख्न सक्छ, त्यो भाग जुन उनीहरूको संसारमा प्रवेश गर्यो ।

परमेश्वर लुक्नु भएको छ

परमेश्वर हाम्रो आयम र सोंचभन्दा माथि हुनुहुन्छ । हामीलाई थाहा छ उहाँ समय र स्थानभन्दा माथि अस्तित्वमा हुनुहुन्छ । यसैकारणले उहाँलाई देख्न गाह्रो छ । हामी दुई आयमीक कागजमा समतल मानिसहरू जस्ता छौं । हाम्रो तेस्रो आयमिकतामा के छ देख्न सक्दैनौ तर यस अवस्थामा हामी चार आयममा ( उचाई, चौडाई, गहिराइ र समय) छौं र परमेश्वरको अस्तित्व यो भन्दा धेरै माथि छ ।

त्यसोभए हामी कसरी त्यस्तो अस्तित्व जान्न सक्छौं त ? जसरी कागजमा रहेका "समतल मान्छे” लाई तपाइको बारेमा थाहा थिएन जबसम्म तपाईंले कागजलाई छुनुभएन। हामी पनि परमेश्वरलाई पत्ता लगाउन सक्दैनौं जबसम्म उहाँ आफैले आफैलाई प्रकट गर्नुहुन्न । उहाँले हाम्रो संसारको "कागजलाई छुनुपर्छ ”। परमेश्वरले हाम्रो आयममा कदम राख्नु पर्छ ।

अदृष्य परमेश्वर देखा पर्नुभयो

हामी मानव इतिहास पढ्छौं भने, विशेष गरी धार्मिक इतिहास; के परमेश्वरले हाम्रो संसारको कागजलाई छुने कुनै उदहरण फेला पार्न सक्नुहुन्छ ? विचार गर्नुहोस् कि परमेश्वरको "औलाले” उहाँको पुत्र येशू ख्रीष्टको रुपमा हाम्रो संसारलाई छुनुभयो। येशूले आफूलाई परमेश्वर हुँ भनी दावी गर्नुभयो र भन्नुभयो मलाई देख्नु भनेको परमेश्वरलाई देख्नु हो, उहाँले भन्नुभयो उहाँ एकमात्र व्यक्ति हुनुहुन्छ जो सिधा परमेश्वरबाट हाम्रो संसारमा आउनुभयो र मानिसहरूको पाप क्षमा गर्नुभयो, जुन परमेश्वरले मात्र गर्न सक्नुहुन्छ । बाइबलको नयाँ नियमका अन्य धेरै खण्डहरूले येशु ख्रीष्ट नै परमेश्वर हुनुहुन्छ भनि पुष्टि गर्छ । उहाँ इश्वर हुनुहुन्थ्यो जो "शरीर बन्नुभयो र हाम्रो बिचमा बास गर्नुभयो ।” उहाँ "अदृष्य परमेश्वरको रूप हुनुहुन्छ ।”

यदि हामी "समतल मानिस” हौं भने यो थाहा हुन्छ कि बहु–आयमी निर्माता इश्वरले मानव भएर हाम्रो चार आयमिक संसारमा प्रवेश गर्नुभयो । उहाँ आफैलाई हामीमा प्रकट गर्नुभयो । तर परमेश्वरले किन त्यसो गर्नुहुन्छ ?

उहाँ किन आउनुभयो ?

त्यहाँ एउटा बृद्ध किसानको कथा छ जो आफै सानो घरमा बस्ने गर्दथे । उनको घरको छेऊमा एउटा गोदाम थियो । धेरै जाडो भएको कुनै एक रात, चराहरू घातक चिसोबाट बच्न, उनको तातो सानो घरको झ्यालहरूमा ठोकिन थाले । त्यसैले ति बृद्ध मानिस बाहिर गएर गोदामको ढोका खोलीदिए किनकि उक्त गोदामभित्र तातो थियो । उसले आफ्नो हात हल्लायो र चराहरूलाई कराउँदै गोदाममा भित्र सुरक्षामा जान भन्यो तर चराहरूले उसको कुरा बुझेनन् ।

तब त्यतिबेला ति बृद्ध मानिसले आफू पनि उनीहरू मध्ये एक हुन पाए भनी इच्छा गरे । यदि ऊ चरा हुन सकेको भए, उसले अरु चराहरूलाई त्यो न्यानो गोदाममा डोर्याएर मृत्युबाट बचाउन सक्ने थियो । त्यतिबेला ति बृद्ध किसानले येशू किन संसारमा आउनुभयो भनी बुझे । यद्दपि उनि चरा बन्न सकेनन्, तर ईश्वर मानिस बन्न सक्नुहुन्छ त्यसैले उहाँ मानिस बन्नु भयो । "किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस् ।”

ईश्वर हाम्रो संसारमा आउँदै हुनुहुन्छ भन्ने बारे अधिक जान्नको लागि यस लेखलाई सम्पूर्ण विवरणको लागि हेर्नुहोस् : अन्धो विश्वासभन्दा बाहिर.

 परमेश्वरसँग कसरी सम्बन्ध सुरू गर्ने ?
 म प्रश्न सोध्न चाहन्छु…

फुटनोटहरू: (१) यूहन्ना ८:५८, १७:३ (२) यूहन्ना १२:४५, १४:९ (३) यूहन्ना १३:३ (४) मर्कुस २२:५ (५) यूहन्ना १:३,४,१८; हिब्रु १ :१-३; कलस्सी १:१५-२०, २:९; फिलिप्पी २:६ (६) यूहन्ना १:१४ (७) कलस्सी १:१५ (८) यूहन्ना ३:१६


अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More