×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
ईश्वरको अस्तित्व

परमेश्वर को हुनुहुन्छ?

परमेश्वर को हुनुहुन्छ? उहाँ कस्तो हुनुहुन्छ? परमेश्वरको छ वटा व्यक्तित्वहरू…

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

१. परमेश्वर को हुनुहुन्छ? उहाँ चिन्न सकिने परमेश्वर हुनुहुन्छ।

परमेश्वर जसले ब्रह्माण्ड र त्यसमा भएका सबै थोकलाई सृष्टि गर्नुभयो, उहाँ हामीबाट लुक्नुभएको छैन। उहाँलाई एकलकाँटे भएर टाढिन आवश्यक छैन नता बाहिर कतै बस्न आवश्यक छ । बरु, उहाँसंग सम्बन्ध गाँस्न हामीलाई स्वागत गर्नुहुन्छ, ताकी हामी उहाँलाई एउटा घनिष्ठ साथीलाई जस्तै व्यक्तिगत रुपमा चिन्न सकौं ।

हामीले उहाँलाई केवल चिन्नसक्ने मात्र होइन, उहाँलाई नजिकबाटै चिन्न सक्छौं।

“म असल गोठालो हुँ । मेरा भेडाहरूलाई म चिन्छु र तिनीहरूले पनि मलाई चिन्छन्... मेरा भेडाहरूले मेरो स्वर चिन्छन् र म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्। म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नाश हुनेछैनन्, र कसैले तिनीहरूलाई मेरो हातबाट खोस्न सक्दैन।”

“बुद्धिमान् मानिसले आफ्नो बुद्धिमा घमण्ड नगरोस्, अथवा बलियो मानिसले आफ्नो बलमा घमण्ड नगरोस्, अथवा धनी मानिसले आफ्नो धनमा घमण्ड नगरोस्, तर जसले घमण्ड गर्छ त्यसले यस विषयमा घमण्ड गरोस्: ‘म परमप्रभुलाई जान्दछु र चिन्दछु, र उहाँ त्यही परमप्रभु हुनुहुन्छ, जसले पृथ्वीमा दया, न्याय र धार्मिकताको व्यवहार गर्नुहुन्छ । किनभने यिनैमा म प्रसन्न हुन्छु,’ परमप्रभु भन्नुहुन्छ।”

२. परमेश्वर को हुनुहुन्छ? उहाँ हार्दिक स्वागत गर्ने परमेश्वर हुनुहुन्छ।

परमेश्वरले हामीलाई उहाँसित कुरा गर्न र हाम्रा पीर, चिन्ता उहाँकहाँ ल्याउन बोलाउनुहुन्छ। हामीले उहाँकहाँ आउन कुनै पुर्व तयारी गर्नुपर्दैन। न ता हामी शिष्ट र ईश्वरशास्त्रमा सही अथवा पवित्र हुनु आवश्यक छ।परमेश्वरको स्वभाव नै हामीलाई माया गर्ने र अङ्गाल्ने हो।

“उहाँलाई पुकार्ने सबैका नजिक उहाँ हुनुहुन्छ,
ती सबैका नजिक जसले उहाँलाई सत्यतामा पुकार्दछन्।”

“हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु।”

३. परमेश्वर कस्तो हुनुहुन्छ? उहाँ सिर्जनशील परमेश्वर हुनुहुन्छ।

मानवजातीले बनाउने हरेक चिजहरु पहिलेनै विद्यमान बस्तुहरुबाट अथवा पुरानै परिकल्पनाहरूको आधारमा बनाइन्छ। परमेश्वरले केवल बोलीको भरमा आकाशगंगाहरू र जीवित प्राणीहरु अस्तित्वमा ल्याउनु मात्र नभई, आजका सबै समस्याहरूका हल पनि गर्न सक्नुहुन्छ। परमेश्वर हाम्रो लागि सिर्जनशील हुनुहुन्छ। उहाँको शक्तिको बारेमा हामीले थाहा र भरोसा गरेको उहाँ चाहनुहुन्छ।

“हाम्रा परमप्रभु महान् र सर्वशक्तिमान् हुनुहुन्छ,
उहाँको ज्ञानको कुनै सीमा छैन।”

“...मेरो सहायता कहाँबाट आउँछ?
मेरो सहायता परमप्रभुबाट आउँछ,
जसले स्वर्ग र पृथ्वी बनाउनुभयो।”

४. परमेश्वर को हुनुहुन्छ? उहाँ क्षमा दिने परमेश्वर हुनुहुन्छ।

हामी स्वभावैले पाप गर्छौं किनकि हामी परमेश्वरको नभई आफ्नै तौरतरिकाले काम गर्नेगर्छौं। परमेश्वर यो देख्नुहुन्छ र जान्नुहुन्छ पनि। परमेश्वरले यस्तो पापलाई बेवास्ता गर्नुहुन्न, तर मानिसहरूका पापको न्याय गर्न र दोषी ठहराउन उहाँ तयार हुनुहुन्छ। तैपनि, परमेश्वर क्षमाशील हुनुहुन्छ र उहाँसँग हामीले सम्बन्ध राख्न सुरु गरेको क्षणदेखि नै हामीलाई उहाँले क्षमा गरिदिनुहुनेछ। परमेश्वरको पुत्र, येशुले क्रुसको मृत्युद्वारा हाम्रा पापको मूल्य तिरिदिनुभयो। उहाँ मृतकबाट जीवित हुनुभयो र हामीलाई क्षमा प्रदान गर्नुभयो।

“जब हामी येशु ख्रीष्टमा भरोसा राख्छौं, उहाँले हाम्रो पाप क्षमा गरिदिनुहुन्छ र परमेश्वरको दृष्टिमा हामी धर्मी ठहरिन्छौं। हामी जो कोही भए पनि, अथवा हामीले जे गरेका भए तापनि, हामी सबैले यसरी उद्धार पाउन सक्छौं... हाम्रा लागि येशुले रगत बगाउनुभयो र आफ्नो जीवनको बलिदान दिनुभयो भनेर जब हामी विश्वास गर्छौं, परमेश्वरको नजरमा हामी धर्मी ठहरिन्छौं।”

५. परमेश्वर को हुनुहुन्छ? उहाँ सत्य परमेश्वर हुनुहुन्छ।

उहाँका कुरामा हामी विश्वास गर्न सक्छौं। उहाँका प्रतिज्ञाहरूमा हामी भरोसा गर्न सक्छौं। जब हामी परमेश्वरमाथि विश्वास गर्छौ, उहाँले हाम्रा पापहरु क्षमा गर्नुहुन्छ र अनन्त जीवन दिनुका साथै उहाँसँगको सम्बन्धका प्रतिज्ञाहरू गर्नुहुन्छ। परमेश्वर साँचो बोल्दैहुनुहुन्छ। कयौं पटक “साँच्चै, म तिमीहरूलाई भन्दछु...” भनेर येशुले भन्नुहुँदा उहाँले यो कुरालाई जोड दिनुभयो। परमेश्वरले आफ्नो बारेमा र यो संसारमा कसरी जिउने भनेर प्रकट गर्नुभएका कुराहरू अत्यन्तै भरपर्दा छन् । हाम्रा भावनाहरू, विचारहरू र सीमित बुझाइहरू भन्दा परमेश्वर पूर्ण रूपमा सही र सत्य हुनुहुन्छ।

परमेश्वर भरोसा योग्य हुनुहुन्छ र उहाँले गर्नुभएका हरेक प्रतिज्ञा र वचन पत्याउनयोग्य छन् ।

“तपाईंका वचनको व्याख्याले ज्योति प्रदान गर्छ,
त्यसले सीधासादा मानिसहरूलाई समझशक्ति दिन्छ।
तपाईंका वचन मेरा गोडाका निम्ति बत्ती,
र मेरो बाटोको निम्ति उज्यालो हो।”

“परमेश्वरको हरेक वचन दोष रहित छ। उहाँमा शरण लिनेहरूका निम्ति उहाँ ढाल हुनुहुन्छ।”

६. परमेश्वर को हुनुहुन्छ? उहाँ सामर्थी परमेश्वर हुनुहुन्छ।

तपाईं हरेक कुरामा सधैं कसरी शत प्रतिशत सही हुन सक्नुहुन्छ? परमेश्वर शतप्रतिशत सही हुनुहुन्छ। उहाँको बुद्धि असीमित छ। इतिहास र भावी घटनाहरूका परिस्थितसँग सम्बन्धित सबै कुराहरू उहाँ जान्नुहुन्छ। हामीले उहाँलाई अवगत गराइराख्नु पर्दैन, सुझाव दिइराख्नु पर्दैन अथवा ठीक काम गर्नलाई भनिराख्नु पनि पर्दैन। उहाँले ती काम गर्नुहुन्छ, किनभने उहाँ सामर्थी परमेश्वर हुनुहुन्छ र उहाँका अभिप्रायहरू विशुद्ध छन्। हर समय र परिस्थितीहरूमा उहाँले सही कुरा गर्नुहन्छ भनी हामीले उहाँलाई पूर्ण रुपमा भरोसा गर्न सक्छौं किनकि उहाँले कहिल्यै गल्ती गर्नुहुनेछैन, कहिल्यै बेईमानी गर्नु हुनेछैन नता धोका नै दिनुहुन्छ।

“परमप्रभु मेरो ज्योति र मेरो मुक्ति हुनुहुन्छ, मैले कसको भय मान्नु? परमप्रभु नै मेरो जीवनको किल्ला हुनुहुन्छ, कोसँग म भयभीत हुनु?”१०

“तपाईंमाथि आशा गर्ने कोही पनि कहिल्यै शर्माउनेछैन...”११


यसरी हामीले परमेश्वर को हुनुहुन्छ भनेर उहाँका महत्वपूर्ण छ वटा गुणहरु थाहा पायौं I तपाईले अझ बढी जान्न चाहनुहुन्छ भने व्यक्तिगत रूपमा परमेश्वरलाई चिन्न भन्ने लेखले तपाईंलाई अहिले नै परमेश्वरसित कसरी सम्बन्ध गाँस्न सुरु गर्न सकिन्छ भनेर बताउँछ।

 परमेश्वरसँग कसरी सम्बन्ध सुरू गर्ने ?
 म प्रश्न सोध्न चाहन्छु…

फुटनोटहरू: (१) यूहन्ना १०:१४,२७,२८ (२) यर्मिया ९:२३,२४ (३) भजनसंग्रह १४५:१८ (४) मत्ती ११:२८ (५) भजनसंग्रह १४७:५ (६) भजनसंग्रह १२१:१,२ (७) रोमी ३:२२,२५ (८) भजनसंग्रह ११९:१३०, १०५ (९) २ शामूएल २२:३१ (१०) भजनसंग्रह २७:१ (११) भजनसंग्रह २५:३


अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More