×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
ईश्वरको अस्तित्व

एक नास्तिकले कसरी परमेश्वरलाई भेट्टाइन्

कुनै ईश्वर नै छैन भनेर विश्वस्त एक नास्तिक व्यक्तिलाई कुन तथ्यले ईश्वरतिर डोर्यायो।

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

मारिलिन आदमसन

धार्मिक व्यक्तिहरू मेरो प्रश्नबाट रिसाए, "तपाईंलाई कसरी थाहा छ इश्वर हुनुहुन्छ भनेर ?”

सायद उनीहरूलाई मेरो मनोविचार बारे थाहा थियो । वा हुन सक्छ उनीहरूलाई कसरी उत्तर दिने भनेर केही थाहा थिएन । उनीहरूका प्रायः प्रतिकृयाहरू, "ठिक छ, तपाईंलाई थाहा छ” हुन्थे ।

मैले गाह्रो हुने कोशिस गरिरहेको थिइँन । तर मलाई वास्तबमै "थाहा” थिएन र म आशा गर्दै थिए कि कसैले मलाई बुझुन् !

यसको धेरै महिना पछि मैले सोंचे, "यहाँ व्यक्तिहरू छन् जसले भन्छन् कि उनीहरू परमेश्वरमा विश्वास गर्छन्, तर कसैलाई थाहा छैन किन !” यो सान्ता क्लजको बारेमा सत्य सिक्ने जस्तो थियो । जस्तो देखिन्छ कि परमेश्वर पूर्णरूपमा बनावटी हुनुहुन्छ । हुनसक्छ केही मानिसहरूलाई परमेश्वरमा विश्वास गर्नु आवश्यक परेको थियो तर त्यहाँ ठोस कुनै प्रमाण थिएन । म अन्तमा यो निष्कर्षमा पुगें ... वास्तवमा ईश्वर हुनुहुन्न ।

मारिलिन आदमसनमैले यस विश्वासलाई वर्षौंसम्म समातें, कहिल्यै यो परिवर्तन हुने आशा गरिनँ । तर मैले कसैलाई भेटें जसले मलाई इश्वरको सम्भावनाको लागि चासो देखाए, उनी हेरचाह गर्ने, दयालु र अति बुद्धिमानी थिइन्, । यसले मलाई सोच्न बाध्यतुल्यायो कि कुनै बुद्धिमान् मानिसले पनि ईश्वरमा विश्वास गर्न सक्दो रहेछ भनेर ।

उनी इश्वरको बारेमा कुरा गर्थिन जस्तो कि उनी उनका मिल्ने साथी हुन् । उनी विश्वस्त थिइन् कि उनको ईश्वरले उनलाई गहिरो प्रेम गर्थे । मलाई उनको जीवन राम्ररी थाहा थियो । कुनै पनि चिन्ता र फिक्रिहरु उनी ईश्वरकोमा लैजान्थिन् । उहाँले नै काम गर्नुहुन्छ वा कुनै तरिकाले उनको हेरचाह गर्नुहुन्छ भनी उनी विश्वास गर्थिन् । उनले मलाई स्पस्टसँग बताउँथिन कि उनी केवल प्रार्थना गर्थिन् र उनको चिन्ताहरूमा परेमश्वरले वास्ता गर्नु हुन्थ्यो । एक वर्षभन्दा बढ़ी मैले उनको प्रार्थनाका जवाफ के हुँदो रहेछ भनेर नियमित रूपमा हेरें । मैले उनलाई जीवनको असंख्य परिस्थितिमा हेरें, र परमेश्वरमा उनको विश्वास अटल थियो ।

त्यसो भए, म एकतर्फ परमेश्वरमा विश्वास गर्न चाहन्थे, किनकि म उनको जीवन र अरु प्रति उनको प्रेमको प्रशंसा गर्थे । तर म मेरो बुद्धिको बिरुद्ध, मेरो राम्रो निर्णयको बिरुद्ध केही कुरामा विश्वास गर्न सक्दिनथें । इश्वर अवस्थित हुनुहुन्न । एक राम्रो बिचार हो, तर त्यो यत्तिनै हो कि केही सत्यको चाहनाले, यसलाई सत्य बनाउँदैन ।

त्यस समयमा म व्यक्तिगत दर्शनमा विकसित हुँदै थिएँ ।

मैले केही प्रयास गरें जुन म निश्चित छैन कि धेरै व्यक्तिले गर्छन् । प्रत्येक केही हप्तामा, म एक विशिष्ट दार्शनिक नित्से, ह्पुम, दोस्टोभस्की, सर्स्त्र, प्लेटो, इत्यादिको जीवन अध्ययन गर्दथे र त्यसपछि यसलाई आफ्नै जीवनमा लागू गर्ने कोशिस गर्दथे । म जीवनको लागि उत्तम व्यावहारिक दर्शनशास्त्रको खोजीमा थिएँ । मैले फेला पारे कि या त उनीहरूको दर्शनशास्त्रको अभाव जस्तो देखिन्थ्यो, वा कार्यन्वयन गर्न ज्यादै अव्यावहारिक पनि थिए । तर मैले खोजी गरिरहें ।

म मेरो साथीलाई ईश्वरको बारेमा मनमा आएको प्रत्येक प्रश्नका साथ चुनौति दिँदै थिए ।म साँझको समयमा प्रश्नहरू लेख्दथें । यो क्रम एक वर्षसम्म राम्रै चल्दै थियो, एक दिन उनले मलाई एउटा पुस्तक हस्तान्तरण गरिन् जसमा संक्षिप्त उत्तर दिएका प्रश्नहरू थिए जस्तै, के त्यहाँ एक परमेश्वर हुनुहुन्छ; येशू परमेश्वर हुनुहुन्छ; बाइबल केको बारेमा हो इत्यादि। यो पुस्तकले दिएका तथ्यहरु मलाई मन पर्यो । यसमा मेरो कुनै टिप्पणीहरू छैन, जस्तो, "तपाईंले विश्वास गर्नुपर्दछ” भन्नेमा म पुगें ।

मैले इश्वरको बारेमा केही प्रमाणहरू देखेंकी थिए जुन ठोस तर्कसंगत थियो । विशेष गरी मलाई विश्वास लाग्ने भागहरू पानीको रसायिनिक गुणहरू र सूर्यको लागि पृथ्वीको स्थान हो । यो सबै एकदम राम्रोसँग बनाइएका थिए, एकदम राम्रोसँग एकसाथ राखिएका थिए । "यसको पछाडि कुनै कुरा माथि मेरो विश्वास ईश्वरको संभावना भन्दा कमजोर देखिएन ।” मसँग केही पनि निश्चित नभएको कारणहरू थोरै थिए र परमेश्वर त्यहाँ हुनुहुन्छ भन्ने निष्कर्षमा पुग्ने धेरै कारणहरू थिए ।

त्यसपछि मैले एउटा त्यस्तो अवस्थाको सामना गरेँ जसको कारण मेरो वर्तमान जीवनलाई नै पूर्णरूपमा चुनौति दियो । जुन कुरामा मैले विश्वास राखेकी थिएँ त्यो अपर्याप्त सावित भयो । यसले मलाई अचम्मित तुल्यायो कि म जीवनको जुन दुष्टिकोणमा विश्वासनीय थिएँ त्यसमा म अपुरो थिएँ । यद्दपि, अवस्था आफै समाधान भयो र म अगाडि बढें । मसँग एक स्थिर व्यक्तित्व छ । मेरो जीवनभर, मैले वास्तवमै कहिल्यै पनि "अभावग्रस्त” महसुस गरिन । मेरो जीवनमा कुनै चलिरहेको संकष्ट वा संघर्ष छैन, र निश्चितरूपले यस बारेमा मैले आफुलाई दोषी महसुस गरिन ।

तर इश्वरको अवधारणा केही यस्तो थियो जुन मैले मेरो दिमागबाट हटाउन सकिन.… उहाँ त्यहाँ हुनुहुन्थ्यो ? के उसको अस्तित्व छ ? हुनसक्छ परमेश्वर हुनुहुन्छ …

एकरात म पुनः मेरो साथीसँग कुरा गरिरहेकी थिएँ र उनलाई थाहा थियो कि मसँग ईश्वरसंग सम्बन्धित आवश्यक पर्ने सबै जानकारीहरू थिए । उनलाई यो पनि थाहा थियो कि मसँग सोध्नका लागि अरु धेरै प्रश्नहरू थिएनन् । यद्दपि म अझै बहस गर्न खोजिरहेकी थिएँ । अचानक मेरो साथीले मलाई भन्यो "तपाईंलाई थाहा छ, म यो निर्णय तपाईंको लागि गर्न सक्दिन, र परमेश्वरले तपाइलाई सधैँ पर्खिरहनुहुने छैन ।

र मलाई तुरुन्त थाहा भयो उनी ठिक थिइन् । म एक महत्वपूर्ण निर्णय लिनको निम्ति अलमलमा परिरहेकी थिएँ । त्यसैले म घर गएँ र निर्णय लिने निधो गरें । म या त परमेश्वरलाई मेरो जीवनमा आउन भन्छु ,अथवा म यो विषयलाई सदाको निम्ति अन्त्य गर्छु र इश्वर हुनुहुन्छ भन्ने बारेमा कहिल्यै विचार गर्ने छैन । म यो निर्णयको कुरालाई लिएर थाकेकी थिएँ ।

त्यसैले, अर्को तीन-चार घण्टाको लागि, मैले पढ़ेका सबै कुरा समीक्षा तथा अवलोकन गरें । साथै यी सबै कुराको मुल्याङ्कन गरें ।

त्यो तथ्यहरू जसले मलाई विश्वस्त बनायो, ती सूर्यको लागि पृथ्वीको पूर्ण स्थिति, मानव, बोटविरुवा र पशुहरूका लागि आवश्यक पानीको विशिष्ट गुणहरू थिए ।

मैले यस लेखमा थप प्रमाणहरू छोटकरीमा सूचिबद्ध गरेकी छु । " के इश्वर छ ?” त्यहाँ तथ्यहरूले मस्तिष्कको प्रशोधन गति र जानकारी छनौट गर्ने क्षमता मानव आँखाको ७० लाख रङ्गहरू छुट्याउन र एकैठाउँमा १५ लाख सन्देशहरू संभाल्ने क्षमता, प्रत्येक मानव कोषमा ३ अर्ब डिएनए रसायनको सूचना प्रोग्रामिङ क्षमता, बह्माण्डको सुरुआत र अझै धेरै समावेश गर्दछन् ।

यी वैज्ञानिक तथ्यहरू दार्शनिक शब्दहरूद्वारा खण्डन गर्न सकिदैन । तथापी यस्ता सठीक र जटिल कारणहरुले गर्दा यसलाई यो एउटा संयोग मात्र हो भन्न मिल्दैन ।

त्यस पछि म यो निष्कर्षमा पुगे ।

वस्तवमा मैले परमेश्वरसँग कुरा गर्न निर्णय गर्नुपर्छ । मैले उहाँलाई मेरो जीवनमा आउन भनी भन्न आवश्यक छ ।

केही घण्टा सोचेंपछि मैले परमेश्वरालाई सम्बोधन गरें । "ठिक छ तपाईंले जित्नुभयो ।” म तपाईंलाई मेरो जीवनमा निम्त्याउदछु र मलाई तपाईंले चाहेजस्तै बनाउनुहोस् । (यो मेरो लागि व्यावहारिक देखिन्थ्यो, किनकि इश्वर अवस्थित हुनुभएकोले उहाँसँग मेरो जीवनलाई प्रभाव पार्ने र निर्देशित गर्ने हरेक अधिकार थियो, यदि उहाँ चाहनु हुन्छ भने)।

म ओछ्यानमा गएँ र भोलिपल्ट बिहान अझैँपनि परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनेर विचार गरे । इमान्दारीपूर्वक एउटा कुरा मैले निश्चित रुपमा थाहा पाएँ, र "महसुस” गरें कि उहाँ हुनुहुन्छ, । तुरुन्तै मैले अब विश्वास गरेको ईश्वरलाई चिन्नको लागि ठूलो इच्छा गरें ।

त्यसको निम्ति म बाइबल पढ्न चाहन्थे । जब म बाइबल पढिरहेको थिएँ, यस्तो लाग्यो कि परमेश्वरले आफू को हुँ भनेर बाहिर व्यक्त गर्दै हुनुहुन्थ्यो र उहाँले मानिससंगको सम्बन्धलाई कसरी हेर्नुहुन्छ भनी बताउँदै हुनुहुन्थ्यो । यो कुरा चाखलाग्दो थियो । के कुराले मलाई अचम्मित गर्यो भने, उहाँ कतिपटक आफ्नो प्रेमको बारेमा कुरा गर्नुहुन्थ्यो जुन कुरा मैले यो अपेक्षा गरेकी थिइँन । मेरो दिमागमा, मैले साधारण तबरले परमेश्वरको अस्तित्वलाई स्वीकार गरेकी थिएँ । मलाई उहाँबाट कुनै आशा थिएन तर बाइबल पढ्दै जाँदा उहाँले मलाई आफ्नो प्रेम पोखाउने छनौट गर्नुभयो । त्यो अचम्मको कुरा थियो ।

अब, मेरो स्वभाविक, शंकास्पद प्रकृति अझै त्यहाँ थियो । सुरुका केही महिना वा वर्ष, म आफैलाई सोध्न चाहन्थे "के म वास्तवमै परमेश्वरमा विश्वास गर्दैछु ? यदि गर्दैछु भने म किन गर्दैछु ?” यसको समिक्षाको लागि मैले पाँच वटा ठोस कारणहरु बारे विचार गर्न थालें ताकी ईश्वरप्रतिको मेरो "विश्वास” भावनाहरूमा भर पर्दैन तर तथ्य र कारणहरूमा भर पर्छ ।

यो मेरो लागि घरको जग जस्तै थियो । तथ्य वा कारणहरूले मेरो विश्वासलाई समर्थन गर्दछ । मानौ यो कुरा गोल्डेन गेटको पुलमा कसैले गाडी चलाएको जस्तै हो। गाडी चालकहरुले पुलको बारेमा उनीहरूलाई जे मन लाग्छ त्यही महसुस गर्न सक्दछन् तर यो पुलको निर्माण/बनावट/सामाग्रीहरूले उनीहरूलाई सुरक्षित रूपमा एक छेउबाट अर्को छेउसम्म पुग्न मदत गर्दछ । त्यसै गरी, परमेश्वरको वास्तविकता अस्तितवलाई विश्वास गर्न, तार्किक, ऐतिहासिक र वैज्ञानिक कारणहरू मेरो लागि महत्वपूर्ण छन् । त्यहाँ त्यस्ता व्यक्तिहरू छन् जुन उनीहरूलाई त्यो आवश्यक छ जस्तो देखिंदैन । तर मलाई मूर्ख बन्न मन पर्दैन किनकि परमेश्वरको अस्तित्वको प्रमुख कारणहरू मेरा लागि महत्वपूर्ण छन् ।

मेरो अनुभव, भाग – २ परमेश्वरको थप प्रमाण

त्यस समय देखि म प्रभु येशूलाई विश्वास गर्ने एक विस्वासी भएँ जुन समय अहिले धेरै वर्ष भै सक्यो ... अब त्यसो भए म किन परमेश्वरमा विश्वास गर्छु त? परमेश्वरमा निरन्तर विश्वास राख्नुपर्ने कारणहरू के छन् ?

मलाई निश्चित छैन कि यी मध्ये कुनै पनि कुरा तपाईंलाई विश्वासीलो लाग्नेछ तर म त्यो चिन्तालाई पन्छ्याएर तपार्ईंसँग निष्पक्ष बन्ने प्रयास गर्दैछु । पहिलेका समयहरुमा, मेरा प्रश्नहरू परमेश्वरको अस्त्त्विको बारेमा थिए । तर मैले परमेश्वसँग सम्बन्ध सुरु गरेपछि, परमेश्वर वास्तविक हुनुहुन्छ भनी थप प्रमाणहरु देखें । जस्तैः …

१. जब मभित्र विभिन्न प्रश्न, चिन्ता वा अरु कुनै कुराको फिक्री हुन्छन्, परमेश्वर मसँग बाइबल मार्फत बोल्नु हुन्छ ।

उहाँले मेरा प्रश्नहरुमा दिने जवाफ सधैं मेरो लागि उपयुक्त, मैले सोचेको भन्दा राम्रो तथा सन्तोषजनक म पाउँछु । यसका केहि उदहरणहरू यहाँ छन् ।

एक दिन मेरो कार्यतालिका, काम सिध्याउनु पर्ने दबाब र दायित्वहरूले मलाई निकै अप्ठयारो बनाइरहेको थियो । मलाई लाग्छ तपाई पनि यो अवस्था भएर जानु भएको छ होला । जब तपाईं यसरी विचलित बन्ने अबस्थामा पुग्नुहुन्छ, तब तपाईंलाई पहिले के गर्ने हो भन्ने थाहा हुँदैन ?

त्यसैले मैले कागजको टुक्रा र कलम लिएँ र परमेश्वरलाई सोधेँ "मलाई यति भन्नुहोस् तपाई म के गरेको चाहनु हुन्छ र म त्यो गर्नेछु ।” म सय प्रतिशत जिम्मेवारी वहन गर्नका लागि पूर्णरूपमा तयार थिएँ र मुख्यतया परमेश्वरलाई प्राथमिकतामा राख्न भनी रहेकी थिएँ । मलाई कसरी यी सबै कुरा गर्ने भन्ने बताउनुहोस् र म सो गर्नेछु भनि मैले भने ।

त्यसपछि मैले मेरो बाइबल खोलें र तुरुन्तै पढें जहाँ येशू अन्धो मानिससँग बोल्दै हुनुहुन्थ्यो । येशूले उसलाई सोध्दै हुनुहुन्थ्यो, "मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौं ?”

मैले यो फेरि पढें । येशूले सोध्नुभयोः "मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौं ?” म चकित भएँ । मैले मेरो कलम उठाएँ र परेश्वरको अघि विभिन्न सूचीहरु लेख्न सुरु गरे, र मैले यो फेला पारें कि उहाँले हामीलाई याद दिलाउनुहुन्छ, उहाँ त्यहाँ हुनुहुन्छ, उहाँले हाम्रो वास्ता गर्नुहुन्छ र उहाँ सक्षम हुनुहुन्छ ।

मैले त्यो उदाहरण छनौट गरें किनकि यो छोटो छ । तर म सयौं उदाहरणहरू पनि भन्न सक्छु जहाँ मैले उहाँलाई प्रश्न गरिरहेकी थिएँ, र उहाँले राम्ररी उत्तर दिनुभएको थियो । यो सम्भवत परमेश्वरको विशेषता हो जसको म सबैभन्दा धेरै कदर गर्छु र मूल्यवान् ठान्छु कि उहाँ मेरो प्रश्नहरूको उत्तर दिन इच्छुक हुनुहुन्छ ।

यो त्यस्तो चीज होइन जुन मैले अरु क्रिश्चियनहरूबाट सिकेकी थिएँ । यो केवल परमेश्वरसँगको मेरो सम्बन्धको कारण मात्रै सम्भव भएको हो । म एउटा प्रश्न गर्छु, त्यस्तो सोंचको साथ कि म उहाँलाई साँच्चिकै स्वतन्त्रता दिन चाहन्छु, मेरो बारेमा उहाँलाई जे भन्न मन लाग्छ मलाई भन्नुभएकोहोस् ... जस्तै कि मेरो जीवनका गलत सोंचहरुलाई औंल्याउन र सच्याउन, साथै मैले उहाँलाई कहाँ विश्वास गरेकि छैन भनि स्पष्ट देखाउन उहाँ मसंग सधैं दयालुपूर्वक बोल्नु भएको मैले पाएकी छु ।

२. त्यस्तै गरी, जब मलाई कुनै निर्णयको लागि निर्देशन चाहिन्छ उहाँले त्यो दिनुहुन्छ । म विश्वास गर्दछु कि परमेश्वर हाम्रो निर्णयहरूको ख्याल राख्नु हुन्छ । उहाँले हाम्रो जीवनको लागि योजना बनाउनु हुन्छ जस्तो कि म को संग विवाह गर्छु, कस्तो किसिमको जागीरअथवा केही यस्ता निर्णयहरू जुन यी भन्दा साना छन् । मैले कस्तो मन्जन किन्छु अथवा दैनिक जीवनका सामान्य निर्णहरू उहाँले वास्ता गर्नुहुन्न । तर त्यस्ता निर्णयहरू जसले मेरो जीवनलाई नै प्रभाव पार्दछ अथवा उहाँले मेरो जीवनद्वारा के पूरा गर्न चाहनुहुन्छ सो उहाँले पक्कै वास्ता गर्नुहुन्छ ।

परमेश्वरले मलाई कहिले स्पष्ट निर्देशन दिनुभयो ?

एक समय मैले मध्यपुर्वको यात्रा गर्ने निर्णय गरे । त्यहाँ जान जोखिम भएता पनि परमेश्वरले मलाई गएको चाहनु हुन्छ भने म त्यहाँ जान चाहन्थे । परमेश्वरको इच्छा थाहा पाउनु मेरो लागि महत्वपूर्ण थियो ।

दुई फरक समयमा मैले परमेश्वरलाई मेरो जागीरको बारेमा सोधें । दुवैपटक उहाँ बाट स्पष्ट थियो कि कुनै पनि व्यक्तिले हेर्दा त्यस्तै निष्कर्षमा पुग्थे । म एउटा उदाहरणको सानो खण्ड प्रस्तुत गर्न चाहन्छु ।

मेरो कलेजको आखिरी वर्षमा, मैले एउटा क्रिश्चियन संस्थासँग काम गर्ने निर्णय गरें । त्यसको निम्ति म क्यालफोर्निया जानु आवश्यक थियो ।

यो समय क्रिसमसको बिदा थियो, र म मेरो बाबु आमालाई भेट्न जाँदै थिएँ । एक साँझ म एक्लै थिएँ र मेरा धेरै साथीहरूको बारेमा सोंच्दै थिएँ । म यो सोंच्दै थिए कि क्यालफोर्नियामा को सँग बस्न उपुक्त होला । कृष्टि नाम गरेकी एक जना साथी मेरो दिमागमा आइन् । जसले पहिले नै स्नातक गरिसकेकी थिइन् र लोवामा काम गर्दै बस्थिन् । मैले सोचें उनी मेरो लागि कोठामा सँगै बस्ने राम्रो साथी हुनेछिन् , तर म उनीसँग धेरै महिना यता कुरा गरेकी थिइँन ।त्यसको आधा घण्टा पछि, कृष्टिले मेरो आमा बुबाको घरको नम्बरमा मलाई फोन गरिन् ।

उनको पहिलो वाक्य यस्तो थियो । “मैले सुनें कि तिमी यस क्रिश्चियन संस्थामा काम गर्न खोजीरहेकी छ्यौं ?” म त छक्क परें किनकि मैले त्यहाँ एक जना साथीलाई मात्र यो कुरा भनेकी थिएँ ।

उसको अर्को भनाई यस्तो थियो, "ठिक छ, मसँग भान्छामा प्रयोग हुने भाँडा वर्तनहरू छन् ।” मैले भनें "के ?! ” उनी क्यालिफोर्नियामा त्यही सहरमा सर्दै थिइन् र म उनीहरुसँग कोठामा बस्छु कि भनेर फोन गरेकी रहेछिन् ।

ठिक छ, त्यसो भए तपाईंले मेरो कुरा बुझ्नु भयो ।

तपाईं सोध्न सक्नुहुन्छ किन यति ठूलो सम्झौता, यस निर्णयमा पनि परमेश्वरको मद्दत चाहिन्छ र? मलाई थाहा थियो कि मेरा बाबु आमाले यस कामको लागि कत्ति पनि सहमति जनाउनु हुने छैन। मैले सोचें कि मेरो यो निर्णयले मेरा बाबा आमासँगको सम्बन्ध सधैंका लागि बिग्रिने वाला थियो । यसकारण यो हल्का निर्णय थिएन । मैले परमेश्वरलाई उहाँको निर्देशन मागे र मलाई उहाँले डोर्याउनु भयो । यो जागिरसँग सम्बन्धित अरु दशभन्दा बढ़ी घटनाहरूले मेरो काममा परमेश्वरले नै असल निर्णय दिनुभएको भन्ने कुरा स्पष्ट पार्दछन् ।

थप कारणहरू यो हो कि म अझै पनि परमेश्वरमा नै विश्वास गर्छु …

३. जीवनलाई ब्याख्या गर्ने हो भने; हामी यहाँ किन छौँ, हाम्रो जीवनको उद्देश्य के हो, हाम्रो जीवनमा कुन कुरा महत्वपूर्ण या मूल्यवान् छ, हामीले के प्रयास गर्नु पर्दछ आदी कुराको बारेमा हामी विचार गर्न सक्छौं तर परमेश्वरसँग यी सबै प्रश्नहरुको उत्तम जवाफहरू छन् जुन मैले कहिले पनि पढेकी छैन । मैले धेरै दर्शनहरू, धर्महरू र अन्य जीवन दृष्टिकोणहरूको अध्ययन गरेकी छु । तर बाइबलमा मात्रै मैले जीवनको बास्तविक रहस्यलाई भेट्टाएँ ।

बाइबलमा अझै धेरै कुराहरु छन् जुन कुरा मैले अझ पनि राम्ररी बुझ्न सकेकी छैन । तर हामीलाई सृष्टि गर्नुहुने परमेश्वरले नै हाम्रो जीवनको बास्तविक रहस्यलाई प्रकट गरिदिनु हुन्छ। जसरि कुनै आविष्कार गरिएका बस्तुलाई कसरि प्रयोग गर्ने भन्ने म्यानुएल किताबबाट थाहा हुन्छ त्यसरी नै हामीले पनि जीवनको म्यानुएल अर्थात् बाइबल पढेर दैनिक जीवनलाई सृष्टिकर्ताको इच्छा अनुसार ठिकसंग जिउन सक्छौं ।

४. परमेश्वरसँगको आत्मियता कुनै पनि मानिससँगको आत्मियता भन्दा गहिरो हुन्छ । जस्तो कि कुनै विवाहित जोडीबीचको प्रेम, आफ्नै दाजुभाई या दिदीबहिनी बिचको प्रेम अथवा नजिकको साथीहरूसँगको प्रेमभन्दा परमेश्वरको उत्तम हुन्छ । परमेश्वर अतुलनीय अनुग्रही हुनुहुन्छ । उहाँले मैले के बोल्नु पर्ने सिकाउनु हुन्छ र म जहाँ जानु पर्ने हो त्यहाँ लैजानु हुन्छ । उहाँले मैले गरेका कति यस्ता कार्यहरूमा हस्तक्षेप गर्नुहुन्छ जसले मलाई चकित पार्छ । उहाँ कुनै विश्वास वा सिद्धान्त हुनुहुन्न तर पनि म उहाँलाई मेरो जीवनमा काम गरेको देख्दछु ।

५. उहाँले मेरो जीवनमा मैले गरेको भन्दा बढी काम गर्नु भएको छ । यो मैले आत्मविश्वासको कमीको कारणले भनेकी होइन । म उपलब्धिहरूको कुरा गरिरहेकी छु, जुन मेरो समझभन्दा बाहिरको कुरा हो । उहाँको विचार, दिशानिर्देशन, समाधान, बुद्धिमत्ता र मेरो आफ्नै चाहना भन्दा उत्तम छन् ।

म सँग भन्नुपर्ने कुराहरु धेरै छन् , तर मलाई लाग्छ कि तपाईंको लागि यति पर्याप्त छ । मलाई थाहा छैन यी कुराहरु तपालाई विश्वास नलाग्न पनि सक्छ तर यी कुराहरु म इमान्दारीपुर्वक भनिरहेकी छु ।

मलाई मेरो नास्तिक अनुभवबाट परमेश्वरमा विश्वास गर्न प्रेरित गर्ने केही प्रमाणहरू हेर्नुहोस् ।
      के परमेश्वर हुनुहुन्छ ?
      अन्धो विश्वासभन्दा बाहिर

मुख्य निष्कर्ष

परमेश्वरलाई चिन्नुको महत्वहरु निम्नलिखित छन् :- हामी जीवनलाई बुझ्न सक्दछौं, हामी स्पष्टसँग अगाडि बढ्न सक्छौं, समस्याहरूबाट बच्न सक्छौं, हामी साँचो परमेश्वरको अगुवाइमा जान सक्छौं, सत्यलाई जान्न सक्छौं, उहाँले हामीलाई आशा, बल अनि शान्ति दिनुहुन्छ, र तपाईले परमेश्वरसँग एकदमै महत्वपूर्ण सम्बन्धको आनन्द लिनुहुन्छ, जो हामीसँग विश्वासयोग्य हुनुहुन्छ र हामीलाई संधै प्रेम गर्नुहुन्छ । परमेश्वर जसले हामीलाई सृष्टि गर्नुभयो, यी माथिका कुराहरु प्रदान गर्नुहुन्छ जो अरु कसैले गर्न सक्दैन ।

सफलता र आत्मविश्वासका साथ यस जीवनको माध्ययमबाट हामी उहाँसँग सम्बन्धमा रहनुपर्छ । त्यसैले हामी उहाँमा भर पर्नै पर्छ । जबसम्म हामी उहाँलाई चिन्दैनौं, हामी सधैं अरु कुराहरु खोजीनै रहन्छौं साथै सधैं अन्य सम्भाव्यताहरूको परीक्षण गरिरहन्छौं र भेट्याउँदैनौ । तर जब हामी परमेश्वरसँग सम्बन्ध राख्ने प्रस्ताव स्वीकार्छौं, हामी सन्तुष्ट हुन्छौ र पूर्ण हुन्छौं । अब हामी यो जीवन उहाँसँग बिताउनका लागि तयार छौं, जसले हामीलाई अगुवाई गर्न सक्नुहुन्छ ।

 परमेश्वरसँग कसरी सम्बन्ध सुरू गर्ने ?
 म प्रश्न सोध्न चाहन्छु…

अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More