×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
ईश्वरको अस्तित्व

के परमेश्वर हुनुहुन्छ?

के परमेश्वरको अस्तित्व छ? परमेश्वर साच्चिकै हुनुहुन्छ भन्ने छ वटा स्पष्ट कारणहरू छन्।

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

मारिलिन आदमसन

एक चोटि नै किन नहोस् के अरूलाई परमेश्वरको अस्तित्वको प्रमाण देखाउन तपाईंलाई मन पर्दैन र? कुनै घुमाउरो कुरा नगरिकन, “तपाईंले विश्वास गर्नैपर्छ” भन्ने अभिव्यक्ति नदिकन । त्यसैले यहाँ परमेश्वर हुनुहुन्छ भनी बताउने केही कारणहरूलाई स्ष्टसित बताउने प्रयास गरिएको छ।

तर पहिला यो कुरा विचार गर्नुहोस्। परमेश्वरको अस्तित्वको सम्भावनाको सन्दर्भमा बाइबलले बताउँछ कि यसको पोख्त प्रमाण देखेका मानिसहरू छन्, तर तिनीहरूले परमेश्वर बारेका सत्यतालाई दबाएका छन्। अर्कोतिर, यदि परमेश्वर हुनुहुन्छ भने उहाँलाई जान्न चाहनेहरूलाई उहाँले भन्नुहुन्छ, “तिमीहरूले मलाई खोज्नेछौ र मलाई भेट्टाउनेछौ; जब तिमीहरूको सम्पूर्ण हृदयदेखि मलाई खोज्छौ, तिमीहरूले मलाई भेट्टाउनेछौ।” उहाँको अस्तित्वको चारैतिर रहेका तथ्यहरूलाई तपाईंले हेर्नु अघि आफैलाई सोध्नुहोस्, यदि परमेश्वर हुनुहुन्छ भने, के म उहाँलाई जान्न सक्छु? त्यसोभए, यहाँ विचार गर्नलाई केही कारणहरू दिइएका छन्…

१. ब्रहमाण्डको अद्भुत सृष्टिलाई विचार गर्दा यसलाई पक्कै पनि कुनै सृष्टिकर्ता ले बनाउनु भएको हो भन्ने कुरालाई प्रस्ट पार्दछ जसले हाम्रो अन्तरिक्ष सृष्टि मात्र गर्नुभएन, तर आज पनि यसलाई सँभाल्नुहुन्छ।

परमेश्वरको रचना देखाउने थुप्रै उदाहरणहरू दिन सकिन्छ, सम्भवत: यसको कुनै अन्त छैन। तर यहाँ केही उदाहरणहरू छन्:

पृथ्वीको आकार एकदम सही छ। पृथ्वीको आकार र सम्बन्धित गुरुत्वाकर्षणले प्राय: नाइट्रोजन र अक्सिजन ग्याँसहरूको एउटा पातलो तहलाई समात्छ, यो पृथ्वीको सतहभन्दा करिब ५० माइल माथि मात्र फैलिएको छ। यदि पृथ्वी आकारमा सानो हुँदो हो त बुध ग्रहमा जस्तै वायुमण्डलको सम्भावना हुने थिएन। यदि पृथ्वी आकारमा ठुलो हुँदो हो त बृहस्पतिको जस्तै यसको वायुमण्डलमा स्वतन्त्र हाइड्रोजन हुने थियो। वनस्पति, पशु र मानव जीवन धान्न उचित ग्याँसहरूको मिश्रणको वायुमण्डलद्वारा सुसज्जित एक मात्र चिनीएको ग्रह पृथ्वी हो।

“यदि सुर्य सामान्य मूल ढोका जतिको अग्लो हुन्थ्यो भने पृथ्वीको आकार करिब एउटा सानो सिक्का जत्रो मात्र हुन्थ्यो।”

पृथ्वी सुर्यबाट समुचित दुरीमा अवस्थित छ। हामीले सामना गर्ने ३० डिग्रीदेखि +१२० डिग्रीसम्मको तापक्रम उतारचढावलाई विचार गर्नुहोस्। यदि पृथ्वी सुर्यबाट अहिलेको भन्दा अझ टाढा थियो भने हामी सबै जना कठाङ्ग्रिने थियौं भने अझै नजिक भएको भए हामी जल्ने थियौ। सुर्यबाट पृथ्वीको अवस्थितिको अलिकति मात्रै परिवर्तनले पनि पृथ्वीमा जीवन असम्भव हुन्थ्यो। पृथ्वी सुर्यबाट ठीक दुरीमा रहँदै यसले लगभग ६७००० मिटर प्रति घण्टाको गतिमा सुर्यको परिक्रमा गर्छ। यो आफ्नै अक्षमा परिक्रममा गर्छ, यसले गर्दा हरेक दिन पृथ्वीको सम्पूर्ण सतह राम्ररी तात्छ र चिसिन्छ।

त्यस्तै गुरुत्वाकर्षण शक्तिको लागि चन्द्रमाको आकार ठीक छ र पृथ्वीबाट ठीक दुरीमा छ। चन्द्रमाले महत्त्वपूर्ण समुद्री छालहरू र चाल सृजना गर्छ जसको कारण समुद्रको पानी एकै ठाउँमा स्थिर हुँदैनन्, र विशाल समुद्रले महादेशहरूलाई डुबाउँदैन।

पानी रङ्गहीन, गन्धहीन र स्वादहीन हुन्छ, तर पनि जीवजन्तु यस बिना बाँच्न सक्दैनन्। बोटबिरुवा, पशुपंक्षी र मानिसमा धेरैजसो पानी रहेको हुन्छ (मानव शरीरको लगभग दुई तिहाइ भाग पानी हो)। पानीका गुणहरू जीवनका लागि किन अति उपयुक्त छन् भनी तपाईंले देख्नुहुनेछ:

यसको उम्लने र जम्ने बिन्दु बीच ठुलो अन्तर छ। पानीले हाम्रो शरीरलाई स्थिर ९८.६ डिग्रीमा राख्दै तापक्रममा तलमाथि हुने वातावरणमा बाँच्न हामीलाई मद्दत गर्छ।

पानी असीम घोलक हो। पानीको यस गुणको माध्यमद्वारा हाम्रो शरीरभरि र सबैभन्दा सानो रक्तनलीहरूमा विभिन्न रासायनिक पदार्थ, खनिज तथा पोषक तत्त्वहरू पुग्दछन्।

पानीको सतहमा एउटा अद्भुत लचक हुन्छ। जसकारण बोटबिरुवामा भएको पानी गुरुत्वाकर्षणको विपरीत माथितिर बग्नसक्छ र सबैभन्दा अग्ला रूखहरूको टुप्पोमा समेत जीवनदायी पानी र पोषक तत्त्वहरू पुग्नसक्छन्।

पानी माथितिरबाट जम्छ र बरफ बनेर तैरिन्छ, त्यसैले हिउँदमा माछाहरू बाँच्न सक्छन्।

पृथ्वीमा भएको सन्तानब्बे प्रतिशत पानी समुद्रमा छ। तर हाम्रो पृथ्वीमा एउटा त्यस्तो प्रणाली बनाइएको छ जसले पानीबाट नुन हटाउँछ र त्यसपछि त्यो पानी पृथ्वीभरि पुग्दछ। वाष्पीकरणले समुद्रको पानी लिन्छ, नुनलाई छोड्छ र बादल बनाउँछ जसलाई जमिन, वनस्पति, जनावर र मानिसहरूमा पानी सिँच्न हावाले सहजै यताउति लैजान्छ।

यो एउटा शुद्धिकरण र आपूर्ति प्रणाली हो जसले पृथ्वीमा जीवन धान्छ, यो पानीको नवीकरण र पुन: प्रयोगको प्रणाली हो।

मानव मस्तिष्कले एकै समयमा ठुलो सङ्ख्यामा जानकारी प्रशोधन गर्छ। तपाईंले देख्ने सबै रङ्गहरू तथा वस्तुहरू, वरपरको तापक्रम, भुइँमा खुट्टाको चाप, वरपरको आवाज, मुखको सुख्खापन र किबोर्डको बनावटसमेत तपाईंको मस्तिष्कले लिन्छ। तपाईंको मस्तिष्कले तपाईंका सबै भावनाहरू, विचारहरू र सम्झनाहरू समात्छ र प्रशोधन गर्छ। त्यही बेला तपाईंको मस्तिष्कले तपाईंको शरीरको चालू क्रियाकलापहरू जस्तै स्वास फर्ने शैली, आँखाको पटलको चाल, भोक र तपाईंको हातका मांसपेशीहरूका चालको रेकर्ड राख्छ।

मानव मस्तिष्कले प्रति सेकेण्ड एक लाखभन्दा बढी सन्देशहरू प्रशोधन गर्छ। तपाईंको मस्तिष्कले यी सबै तथ्याङ्कहरूको महत्त्वलाई तौलिन्छ र तुलनात्मक रूपबाट महत्वहीन तथ्याङ्कहरू शुद्धिकरण गर्छ। यो छान्ने कार्यले तपाईंलाई आफ्नो संसारमा ध्यान केन्द्रित गर्न र प्रभावकारी ढङ्गमा सञ्चालन गर्न अनुमति दिन्छ। अरू अङ्गहरूको तुलनामा मस्तिष्कले बेग्लै तरिकाले काम गर्छ। यसमा तर्क गर्ने, भावना उत्पन्न गर्ने, सपना देख्ने र योजना बनाउने, आवश्यक कदम उठाउने र अन्य मानिसहरूसँग सम्बन्ध राख्ने क्षमतायुक्त बौद्धिकता छ।

आँखाले ७० लाख रङ्गहरू छुट्याउन सक्छन्। यसमा स्वत: केन्द्रित हुने क्षमता हुन्छ र एकै समय आश्चार्य ढङ्गबाट १.५ करोड लाख सन्देशहरू संचालन गर्न सक्छ। क्रमविकास आनुवंशिक, परिवर्तनहरू र विद्यमान जीवहरूबाट र भित्र हुने परिवर्तनमा केन्द्रित छ। यद्यपि, क्रमविकासले मात्र आँखा अथवा मस्तिष्कको प्रारम्भिक स्रोतलाई र निर्जीव वस्तुबाट जीवित प्राणीहरूको सुरुवातलाई पूर्णतया व्याख्या गर्दैन।

२. के परमेश्वर वास्तविक हुनुहुन्छ? ब्रह्माण्डको सुरुवात भयो – त्यसोभए कसरी भयो?

हाम्रो ब्रह्माण्ड ऊर्जा र प्रकाशको एक विशाल बिस्फोटनबाट सुरु भयो भन्ने कुरामा वैज्ञानिकहरू विश्वस्त छन्, यसलाई आज हामी बिग् बाय्ङ् भन्दछौं। यो अस्तित्वमा रहेका सबै कुराहरूको एक्लो सुरुवात थियो: ब्रह्माण्डको, अन्तरिक्षको र समय समेतको सुरुवात।

एक नक्षत्रशास्त्री रोबर्ट ज्यास्ट्रोको भनाई अनुसार, “ब्रह्माण्डमा जे जति घटेका छन् ती सबैको बिउ पहिलो घटनामा रोपिएको थियो; ब्रह्माण्डका हरेक तारा, हरेक ग्रह र हरेक जीव, ब्रह्माण्डीय बिस्फोटको क्षणमा गतिशील घटनाको परिणाम स्वरूप अस्तित्वमा आए...एकाएक ब्रह्माण्ड अस्तित्वमा आयो र यसको कारण हामी पत्ता लगाउन सक्दैनौं।”१०

भौतिकशास्त्रका नोबेल पुरस्कार विजेता स्टिभन विनबर्गले यो बिस्फोटनको क्षण बारेमा यसो भने, “ब्रह्माण्ड लगभग एक अर्ब डिग्री सेन्टिग्रेड तातो थियो...र ब्रह्माण्ड प्रकाशले भरिएको थियो।”११

पहिला ब्रह्माण्डको अस्तित्व थिएन। यसको सुरुवात भयो...यसको सुरुवात कसरी भयो? प्रकाश र तत्त्वको एकाएक बिस्फोटन कसरी भयो भन्ने उत्तर वैज्ञानिकहरूसँग छैन।

३. परमेश्वरको प्रमाण: ब्रह्माण्ड प्रकृतिको एकैनासको नियममा चल्छ। किन?

अधिकांश जीवन अनिश्चित देखिन सक्छ, तर हरेक दिन हामीले के मा भरोसा गर्न सक्छौं हेर्नुहोस्: काउन्टरमा छोडिएको तातो चिया चिसो हुन्छ, पृथ्वीले प्रत्येक २४ घण्टामा एक फन्को लगाउंछ, र प्रकाशको गति परिवर्तन हुँदैन– न त हाम्रो पृथ्वीमा न हामीबाट टाढाको आकाशगंगाहरूमा।

सबै विज्ञान–आणविक जीव विज्ञान, रसायन विज्ञान, भौतिक विज्ञान, खगोल विज्ञान आदि–प्रकृतिको नियमित नियममा निर्भर छ।

डा. एमिली ब्लाडविनले यस्तो टिप्पणी गरे, “भौतिक विज्ञानमा सबैभन्दा महत्त्वपूर्ण सङ्ख्याहरूमध्ये एक प्रोटोन-इलेक्ट्रोनको मास अनुपात पृथ्वीमा जस्तै, ६ अर्ब प्रकाश वर्ष टाढा आकाशगंगामा पनि एउटै हुन्छ…”१२

कहिल्यै परिवर्तन नहुने प्रकृतिका नियमहरूलाई हामीले कसरी चिन्न सक्छौं? ब्रह्माण्ड यत्तिको व्यवस्थित र भरपर्दो कसरी छ?

“यो अनौठोपनमा सबैभन्दा ठुला वैज्ञानिकहरू चकित भएका छन्। नियमहरू पालन गर्ने ब्रह्माण्डलाई कुनै तर्क आवश्यक छैन, यसले केवल गणितका नियमहरू पालन गर्छ। ब्रह्माण्डले यस किसिमको व्यवहार देखाउनु पर्दैन भन्ने मान्यताबाट यस किसिमको आश्चर्य प्रकट हुन्छ। ब्रह्माण्डको परिस्थितिहरूमा हुने एकाएक परिवर्तनहरु अथवा ब्रह्माण्डको अस्तित्वमा आउने जाने क्रमको कल्पना गर्न सजिलो छ।”१३

भौतिकशास्त्री पावल सि. डेभिस भन्छन्, “...वैज्ञानिक हुन ब्रह्माण्ड भरपर्दो, अपरिवर्तनीय, मूर्त, सार्वभौमिक, गणितीय नियमहरूद्वारा संचालित छ भन्ने कुरा विश्वास गर्नुपर्ने हुन्छ ।”१४

पत्ता लगाउने, समस्याहरू समाधान गर्ने, सिर्जना गर्ने हाम्रा सबै क्षमताहरू ब्रह्माण्डको व्यवस्थित नियमहरूद्वारा सम्भव भएको हो जुन कहिल्यै परिवर्तन हुँदैन र परिशुद्धताका साथ मापन गर्न सकिन्छ।

क्वान्टम इलेक्ट्रोडाइन्यामिक्सका लागि नोबेल पुरस्कार विजेता रिचार्ड फिनम्यानले भने, “प्रकृति किन गणितीय छ त्यो थाहा छैन... सबै कुरामा नियमहरू हुनु भनेको एक प्रकारको चमत्कार हो।"१५

४. ईश्वरीय प्रोग्रामर: डिएनए कोडले कोषको व्यवहारमा रहेको प्रोग्रामको जानकारी दिन्छ।

सबै निर्देशन, शिक्षण र प्रशिक्षण अभिप्रायपूर्वक दिइन्छ। जसले निर्देशन पुस्तिका लेख्छ उसले त्यो उद्देश्यपूर्वक लेख्छ। हाम्रो शरीरको हरेक कोषमा सूक्ष्म कम्प्युटर प्रोग्रामजस्तै सम्पूर्ण निर्देशन कोड हुन्छ भन्ने के तपाईंलाई थाहा थियो? तपाईंलाई थाहै होला, कम्प्युटर प्रोग्राम एक र शून्यबाट बनेको हुन्छ, जस्तै: ११००१०१०१०११०००। कम्प्युटरले के गर्ने भनेर तिनीहरूको प्रोग्रामले बताउँछ। हाम्रा कोषहरूमा भएको हरेक डिएनए कोडले पनि ठीक यस्तै काम गर्छ। यो चार रसायनहरू मिलेर बनेको छ जसलाई वैज्ञानिकहरूले A, T, G र C भनेर संक्षिप्त रूप दिएका छन्। यी मानव कोषमा यसरी क्रमवद्ध हुन्छन्: CGTGTGACTCGCTCCTGAT र यस्तै। हरेक मानव कोषमा यस्ता अक्षरहरू तीन खर्ब छन्!!!१६

कुनै खास कारणहरूका लागि तपाईंको फोनमा विशेष आवाज निकाल्न तपाईंले प्रोग्राम गर्नुभए जस्तै, डिएनएले पनि कोषलाई निर्देशन दिन्छ। कोषलाई कुनै खास तरिकाले काम गर्न लगाउने डिएनए तीन-खर्ब-अक्षरहरू लेखिएको एउटा प्रोग्राम हो। यो एउटा पूर्ण निर्देशनयुक्त पुस्तिका हो।१७

किन यो अद्भूत छ? हामीले प्रश्न गर्नुपर्छ... यो जानकारी प्रोग्रामले कसरी प्रत्येक मानव कोषलाई निर्देशन दिन्छ? यी केवल रसायनहरू मात्र होइनन्। यी त्यस्ता रसायनहरू हुन् जसले मानव शरीर कसरी विकसित हुनुपर्छ भनेर विस्तृत रूपमा लेखिएको कोडलाई निर्देशन दिन्छ।

जब प्रोग्राममा जानकारीहरु समावेश हुन्छन् त्यसलाई स्पष्टिकरणको लागि प्राकृतिक र जैविक कारणहरू पर्याप्त हुँदैन। कसैले अभिप्रायपूर्वक यसको निर्माण नगरिकन तपाईंले यस किसिमको सटिक जानकारीयुक्त निर्देशन पाउन सक्नुहुन्न।

५. परमेश्वर हुनुहुन्छ भन्ने हामीलाई थाहा छ, किनभने उहाँले हामीमाथि दृष्टि लगाउनुहुन्छ र हामी उहाँकहाँ निरन्तर आएको चाहनुहुन्छ।

एक समय म नास्तिक थिएँ। थुप्रै अरू नास्तिकहरूलाई जस्तै, मलाई पनि मानिसहरूको ईश्वरमाथिको विश्वासले एकदम धेरै व्याकुल बनायो। हामी नास्तिकहरू जुन कुराको अस्तित्वमा विश्वास गर्दैनौं त्यसको खण्डन गर्नमा धेरै समय र ध्यान दिन्छौं, र ऊर्जा खर्च गर्छौ। के कारणले हामी यसो गर्छौं? जतिबेला म नास्तिक थिएँ, मैले ती गरिब र भ्रमित मानिसहरूलाई तिनीहरूका आशा पूर्णरूपमा निराधार थियो भनी तिनीहरूलाई महसुस गराउन सहायता गर्ने अभिप्रायमा काम गरे। इमानदार भएर भन्नुपर्दा, मेरो अर्को पनि उद्देश्य थियो कि परमेश्वरमाथि विश्वास गर्नेहरूले तिनीहरूका विश्वासमा मलाई विश्वस्त पार्नसक्छन् कि सक्दैनन् भनी हेर्न म ज्यादै उत्सुक थिएँ। मेरो खोजको एउटा भाग भनेको परमेश्वर सम्बन्धित प्रश्नबाट मुक्त हुनु थियो। म सोच्दथे, यदि मैले विश्वासीहरूलाई तिनीहरू गलत थिए भनेर प्रमाणित गर्न सकें भने, तब कुरै खतम हुन्छ र म मेरो जीवनलाई आफ्नै तरिकाले बाँच्न सक्नेछु ।

परमेश्वरको विषयले मेरो मनमा यति धेरै प्रभाव पार्नुको कारण मैले महसुस गरिनँ तर परमेश्वरले यस विषयमा ममाथि दबाब बनाउनु भएकोथियो । परमेश्वर आफूलाई चिनाउन चाहनुहुन्छ भन्ने मैले थाहा पाएँ। हामीले उहाँलाई चिनोस् भन्ने अभिप्राय राखेर उहाँले हामीलाई सृष्टि गर्नुभयो। उहाँ नै परमेश्वर हुनुहुन्छ भन्ने कुरा बताउन धेरै प्रमाणहरुले हामीलाई घेरेका छन् र उहाँको अस्तित्वको प्रश्न हाम्रो चारैतिर राख्नुहुन्छ। म परमेश्वरको अस्तित्वको सम्भावना बारे विचार नगरिकन बस्नै नसकेको जस्तो भए। वास्तवमा, परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न रोजेको दिन मैले यसरी प्रार्थना गर्न सुरु गरे, “ठीक छ, तपाईंले जित्नुभयो...।” हुनसक्छ, परमेश्वरमाथि विश्वास गर्ने मानिसहरूद्वारा नास्तिकहरू पिरोलिनुको मुख्य कारण परमेश्वरले तिनीहरूलाई सक्रियपूर्वक पछ्यउनु हो।

यो अनुभव गर्ने व्यक्ति म एक मात्र होइन। समाजवादी तथा दार्शनिक लेखक माल्कोम मगेरिजले लेखे, “मलाई यस्तो विचार आयो, खोजी कार्यका बाहेक पनि मेरो पिछा गरिएको थियो।” सि. एस. ल्यूइस आफूले सम्झेको कुरा यसरी भने, “...हरेक रात, एक सेकेण्डका लागि नै किन नहोस् मेरो कामबाट मेरो ध्यान हट्दा, जसलाई भेट्न नपरोस् भन्ने मैले इच्छा गरे उहाँको एकैनासे मधुर उपस्थिति महसुस गरे। अन्त्यमा मैले हार खाएँ र परमेश्वर नै हुनुहुन्छ भनी स्वीकार गरें, अनि घुँडा टेकेर प्रार्थना गरें: सायद, त्यस रात पूरै इङ्गल्याण्डमा सबैभन्दा खिन्न र असन्तुष्ट मत बद्लने व्यक्ति मै थिएँ।”

परमेश्वरलाई चिन्नुको नतिजा स्वरूप ल्यूइसले “सरप्राइज्द बाइ जोइ (आनन्ददेखि चकित)” शिर्षकको एउटा किताब लेखे। मेरो पनि परमेश्वरको अस्तित्वलाई सही मानेमा स्वीकार गर्नु बाहेक अरू कुनै अपेक्षाहरू थिएनन्। तर पनि त्यसपछिका सात महिना मेरो लागि उहाँको प्रेमदेखि म अचम्मित भएँ।

६. परमेश्वरबाटको विशेष प्रकाश, हामीकहाँ परमेश्वरले आफैलाई प्रकट गर्नुभएको सबैभन्दा स्पष्ट र विशेष प्रमाण येशु ख्रीष्ट हुनुहुन्छ।

किन येशु सबैभन्दा स्पष्ट र विशेष प्रमाण हुनुहुन्छ? विश्वका सबै मुख्य धर्महरूलाई हेर्नुहोस् त्यहाँ तपाईंले बुद्ध, मुहम्मद, कन्फ्युसियस र मोशा सबैले आफैलाई शिक्षकहरू अथवा अगमवक्ताहरू भनेर चिनाए। तिनीहरूमध्ये कसैले पनि कहिल्यै परमेश्वर बराबर भएको दाबी गरेनन्। तर अचम्म, येशूले दाबी गर्नुभयो। यही कुराले येशूलाई अरू सबैभन्दा भिन्न बनाउँछ। परमेश्वर हुनुहुन्छ र तिमीहरूले उहाँलाई देखिरहेका छौ भनी उहाँले भन्नुभयो। उहाँको स्वर्गीय पिताको बारेमा उहाँले कुरा गर्नुभए तापनि, त्यो भिन्न भएको अवस्थाबाट भनिएको थिएन तर मानव जातिको लागि अद्भूत एकदमै घनिष्ठ सम्बन्धबाट भनिएको थियो। जसले उहाँलाई देखेको थियो उसले पितालाई देखेको थियो, जसले उहाँलाई विश्वास गरे तिनीहरूले पितामाथि विश्वास गरे भनेर येशुले भन्नुभयो।

उहाँले भन्नुभयो, “म संसारको ज्योति हुँ। मलाई पछ्याउने अन्धकारमा हिँड्डुल गर्नेछैन, तर त्यसले जीवनको ज्योति पाउनेछ।”१८ उहाँले परमेश्वरका गुणहरूको दाबी गर्नुभयो: मानिसहरूलाई तिनीहरूका पाप क्षमा गर्ने, पापी स्वभावबाट स्वतन्त्र गर्ने, प्रशस्त जीवन दिने र अनन्त जीवन दिने। मानिसहरूलाई आफ्नो कुरामा ध्यान केन्द्रित गर्न लगाउने अरू शिक्षकहरूको ठीक विपरीत, येशुले मानिसहरूको बिचमा उदाहरणीय जीवन प्रकट गर्नुभयो । उहाँले यसो भन्नुभएन, “मेरा शब्दहरू पछ्याऊ र तिमीले सत्यता थाहा पाउनेछौ।” तर उहाँले भन्नुभयो, “बाटो, सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन।”१९

येशूले आफू परमेश्वर भएको दाबी गर्न के प्रमाण दिनुभयो?

मानिसहरूले गर्न नसक्ने काम उहाँले गर्नुभयो। येशुले आश्चार्यकर्महरू गर्नुभयो। उहाँले अन्धो, लङ्गडो, बहिरो… मानिसहरूलाई निको पार्नुभयो, र यहाँसम्म कि केही मृतकलाई समेत जीवित पार्नुभयो। उहाँले हजारौं मानिसहरूको भीडलाई खुवाउनु भयो, प्रकृतिमाथि पनि उहाँको नियन्त्रण थियो, उहाँ पानीमाथि हिँड्नुभयो, आफ्ना चेलाहरूका लागि समुद्री आँधीलाई शान्त हुने आज्ञा दिनुभयो। सबै ठाउँमा मानिसहरूले येशुलाई पछ्याए, किनभने उहाँले आश्चार्यकर्महरू गरेर सधैं तिनीहरूका आवश्यकताहरू पूरा गरिदिनुभयो। उहाँले भन्नुभयो “मैले तिमीहरूलाई भनेको कुरामा विश्वास नगरे पनि, कमसे कम तिमीहरूले देखेका आश्चार्यकर्महरूका खातिर ममा विश्वास गर।”२० परमेश्वर कोमल, मायालु हुनुहुन्छ, आफ्नो बारेमा र मानिसको कमीकमजोरीका बारेमा जान्नुहुन्छ र हामीसित सम्बन्ध गाँस्न अधिक चाहना राख्नुहुन्छ भनी येशु ख्रीष्टले देखाउनुभयो। येशुले एउटा बेग्लै योजना अघि सार्नुभयो, उहाँ सजाय पाउन योग्य नभए तापनि, हाम्रो पापको खातिर आफ्नो क्रुसमा प्राण अर्पणगर्नुभयो र हाम्रा लागि उहाँको प्रेम विजय भयो । परमेश्वर स्वयंले मानिसको देह धारण गर्नुभयो र हाम्रो ठाउँमा हाम्रा पापका लागि सजाय भोग्नुभयो। यो कुरा हास्यास्पद सुनिँदैन र? सायद सुनिन्छ, तर यदि सक्नेभए थुप्रै मायालु बुबाहरूले क्यान्सर वार्डमा आफ्नो सन्तानको ठाउँमा खुशीसाथ आफैलाई साटफेर गर्थे। पहिला परमेश्वरले हामीलाई प्रेम गर्नुभएकोले हामी उहाँलाई प्रेम गर्छौं भनी बाइबलले बताउँछ।

हामीले क्षमा पाउन सकौ भनेर येशु हाम्रो साटो क्रुसमा मर्नुभयो। मानव जातिका सबै धर्महरूमध्ये, तपाईंले देख्नुहुन्छ कि परमेश्वर येशुद्वारा मात्र मानव जातिकहाँ आउनुभयो र उहाँसँग सम्बन्ध गाँस्ने एउटा बाटो प्रदान गर्नुभयो। येशुले हाम्रा आवश्यकताहरू पूरा गरिदिनुभयो र हामीलाई आफु तर्फ खिच्नुभएर प्रेमिलो ईश्वरीय हृदयको प्रमाण दिनुभयो। येशुको मृत्यु र पुनरुत्थानको कारण उहाँले हामीलाई आज नयाँ जीवन दिनुभएको छ । परमेश्वरले हाम्रा पापहरुलाई क्षमा गर्न सक्नुहुन्छ, हामीलाई पूर्ण रूपमा स्वीकार गरी साँचो प्रेम गर्नुहुन्छ। उहाँले भन्नुहुन्छ, “मैले तिमीहरूलाई अनन्त प्रेमले प्रेम गरेको छु, यसर्थ म तिमीहरूप्रति विश्वासयोग्य रहिरहनेछु।”२१ परमेश्वर क्रियाशील हुनुहुन्छ।

के परमेश्वरको अस्तित्व छ? यदि तपाईं यो कुरा जान्न चाहनुहुन्छ भने येशु ख्रीष्ट बारे सोधखोज गर्नुहोस्। “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्।”२२ भनी हामीलाई भनिएको छ।

परमेश्वरले आफूमाथि विश्वास गराउन हामीलाई जबरजस्ती गर्नुहुन्न, जबकि उहाँले चाहनुभयो भने यो गर्न सक्नुहुन्छ। बरु, उहाँलाई राजीखुशीले प्रतिक्रिया जनाउन उहाँले हाम्रा लागि आफ्नो अस्तित्वको पर्याप्त प्रमाण दिनुभएको छ। ती प्रमाणहरू हुन्: सुर्यबाट पृथ्वीको ठीक दुरी, पानीको अद्वितीय रासायनिक गुणहरू, मानव मस्तिष्क, डिएनए, यसले प्रमाणित गर्छ कि परमेश्वर हुनुहुन्छ । परमेश्वर हुनुहुन्छ कि हुनुहुन्न भनी सुनिश्चित गर्ने हाम्रा हृदय र मन हो, येशूद्वारा आफैलाई प्रकट गराउने परमेश्वरको तत्परता हो। यदि तपाईंलाई येशूको बारेमा अरू जान्न र उहाँमाथि विश्वास गर्ने कारणहरू आवश्यक छन् भने: अन्धो विश्वासभन्दा पर पढ्नुहोस्।

परमेश्वर हुनुहुन्छ भन्ने व्यक्तिगत प्रमाण: यदि तपाईं अहिले परमेश्वरसित सम्बन्ध गाँस्न सुरु गर्न चाहनुहुन्छ भने, तपाईंले त्यो गर्न सक्नुहुन्छ।

यो तपाईंको व्यक्तिगत निर्णयको कुरा हो, तपाइलाई कुनै पनि जबरजस्ती छैन। तर यदि तपाईं परमेश्वरबाट क्षमा चाहनुहुन्छ र उहाँसँग सम्बन्धमा आउन चाहनुहुन्छ भने, तपाईंले अहिले नै उहाँसँग आफ्नो लागि क्षमा मागेर र उहाँलाई आफ्नो जीवनमा निम्त्याउन सक्नुहुन्छ। येशुले भन्नुभयो, “हेर, म ढोका (तिमीहरूको हृदय)मा उभिएर ढक्ढकाउँछु। कसैले मेरो स्वर सुन्छ र ढोका खोल्छ भने, म ऊभित्र आउनेछु।”२३ तपाईं आफ्नो हृदयको ढोका खोल्न चाहनुहुन्छ, तर यसलाई कसरी व्यक्त गर्ने तपाईंलाई थाहा छैन भने, यो प्रार्थनाले तपाईंलाई मद्दत गर्नसक्छ: प्रभु येशू, मलाई तपाईको खाँचो छ। म मेरो जीवनको ढोका खोल्दछु, अनि तपाईलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्दछु । मेरो पापको क्षमा गर्नु भएको लागि धन्यवाद। अब मेरो जीवनलाई तपाईले नै अधीन गर्नुहोस् र मलाई तपाईले चाहेजस्तै तपाईकै मनपर्दो बनाउनु होस्।" आमेन !

परमेश्वरले उहाँसितको तपाईंको सम्बन्धलाई स्थायी रूपमा लिनुहुन्छ। उहाँमाथि विश्वास गर्ने सबैलाई येशु ख्रीष्टले भन्नुभयो, “म तिनीहरूलाई चिन्छु, र तिनीहरूले मलाई पछ्याउँछन्; म तिनीहरूलाई अनन्त जीवन दिन्छु, र तिनीहरू कहिल्यै नाश हुनेछैनन्, अनि मेरा हातबाट तिनीहरूलाई कसैले खोस्न सक्दैन।”२४

यी तथ्यहरूलाई हेरेर जो कसैले पनि मायालु परमेश्वरको अस्तित्व छ र व्यक्तिगत तवरले उहाँलाई घनिष्ठ रूपमा चिन्न सकिन्छ।

 मैले भरखरै येशूलाइ मेरो जीवनमा ग्रहणा गरें (केही सहयोगी सूचनाहरू)
 म येशूलाइ मेरो जीवनमा निम्त्याउन चाहन्छु। कृपया यस बारेम अरू बताउनुहोस्
 म प्रश्न सोध्न चाहन्छु…

फुटनोटहरू: (१) रोमी १:१९-२१ (२) यर्मिया २९:१३-१४ (३) R.E.D. Clark, Creation (London: Tyndale Press, 1946), p. २० (४) https://solarsystem.nasa.gov/solar-system/sun/overview/ (५) The Wonders of God's Creation, Moody Institute of Science (Chicago, IL) (६) ibid. (७) ibid. (८) ibid. (९) Hugh Davson, Physiology of the Eye, 5th ed (New York: McGraw Hill, 1991) (१०) Robert Jastrow; "Message from Professor Robert Jastrow"; LeaderU.com; 2002. (११) Steven Weinberg; The First Three Minutes: A Modern View of the Origin of the Universe; (Basic Books, 1988); p ५. (१२) Dr. Emily Baldwin; "Earth's Laws Still Apply in Distant Universe"; AstronomyNow.com; June, 2008. (१३) Dinesh D'Souza, What's So Great about Christianity; (Regnery Publishing, Inc, 2007, chapter ११). (१४) Paul C. Davies, physicist, cosmologist, astrobiologist, at Arizona State University; quoted in edge.org/conversation/taking-science-on-faith (१५) Richard Feynman, The Meaning of It All: Thoughts of a Citizen-Scientist (New York: BasicBooks, 1998), ४३. (१६) https://www.genome.gov/human-genome-project/Completion-FAQ (१७) Francis S. Collins, director of the Human Genome Project, and author of The Language of God, (Free Press, New York, NY), 2006 (१८) यूहन्ना ८:१२ (१९) यूहन्ना १४:६ (२०) यूहन्ना १४:११ (२१) यर्मिया ३१:३ (२२) यूहन्ना ३:१६ (२३) प्रकाश ३:२० (२४) यूहन्ना १०:२७-२९


अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More