×
खोज
NepaliStudent.net
जीवन र परमेश्वरको बारेमा
 प्रश्नहरूको अन्वेषण गर्न सुरक्षित ठाउँ
मेरो जीवन

यौन र घनिष्टताको खोजी

कसरी माया गर्ने र पाउने तरिका जान्नुहोस्। आफ्नो सम्बन्धमा वास्तविक घनिष्टता अनुभव गर्नुहोस्

WhatsApp Share Facebook Share Twitter Share Share by Email More PDF

डा. रिचर्ड पुर्नेल द्वारा

कलेजिएट च्यालेन्ज पत्रिकामा डा. हेनरी ब्रान्डले भनेका छन् कि जब दम्पतीहरू उनीकहाँ आउँछन्, त्यहाँ एउटा लक्षण हुन्छ, एउटा ढाँचा हुन्छ। उनीहरूले भन्छन्, "सुरूमा यौन कार्य रोमाञ्चक थियो। त्यसपछि मलाई आफ्नो बारेमा अनौठो लाग्न थालेको थियो, र त्यसपछि मलाई मेरो साथीको बारेमा अनौठो लाग्न थाल्यो। हामी वहस गर्यौं र झगडा गर्यौं र अन्तमा, हामी छुट्टियौ। अहिले हामी दुश्मन भएका छौं।"

यो एक लक्षण हो जसलाई म बिहान पछिको लक्षण भन्छु। हामी ब्यूँझन्छौं र थाहा पाउँछौं कि त्यो पहिलेको घनिष्टता त्यहाँ छैन। यौन सम्बन्धले हामीलाई अब सन्तुष्ट गर्दैन, र हामी त्यो कुरोमा अन्त्य हुनछौं जुन हामीले सुरूमा चाहेको होइन। यहाँ दुई आत्म-केन्द्रित व्यक्तिहरू छन् जो आत्म-सन्तुष्टि खोज्दैहन्। साँचो प्रेम र घनिष्टताका तत्वहरू "तुरुन्तै" प्राप्त गर्न सकिँदैन र सद्भावको खोजीमा तपाईंले आफूलाई असंतुलित अवस्थामा भेट्टाउनुहुनेछ।

घनिष्टता भनेको शारीरिक भन्दा बढी हो।

हामी प्रत्येकको जीवनमा पाँचवटा महत्त्वपूर्ण भागहरू छन्। ती भागहरू शारीरिक, भावनात्मक, मानसिक, सामाजिक र आत्मिक हुन्। यी सबै पाँच भागहरू मिलेर काम गर्न बनाइएको गरिएको हो। घनिष्टताको खोजीमा हामी आज वा हिजो नै समाधान चाहन्छौं। हाम्रो एउटा समस्या यो हो कि हामी "तत्काल" सन्तुष्टि चाहन्छौं। जब सम्बन्धमा घनिष्टताको आवश्यकता पूरा हुँदैन, हामी "तत्काल" समाधान खोज्छौं। हामी यसलार्इ कहाँ हेर्छौं? शारीरिक, मानसिक, सामाजिक, भावनात्मक वा आत्मिक? यो शारीरिक भागमा हो। अन्य चार क्षेत्रमा घनिष्ठ हुनु भन्दा कसैसँग शारीरिक रूपमा घनिष्ठ हुन सजिलो छ। तपाईं एक घण्टा वा आधा घण्टामा विपरीत लिङ्गको व्यक्तिसँग शारीरिक रूपमा घनिष्ठ हुन सक्नुहुन्छ - यो केवल आग्रहमा निर्भर गर्दछ! तर तपाईंले चाँडै पत्ता लगाउनुहुनेछ कि यौन केवल सतही इच्छाको लागि अस्थायी राहत हुन सक्छ। त्यहाँ धेरै गहिरो आवश्यकता छ जुन अझै पूरा हुन सकेको छैन।

के गर्नुहुन्छ जब रोमाञ्चक समाप्त हुन्छ र जति धेरै यौन कार्य गर्नुहुन्छ, त्यति नै कम मन लाग्छ? हामी यसलाई तर्कसंगत भन्छौं, "हामी प्रेममा छौं। होइन, मेरो मतलब साँच्चै प्रेममा छ।" तर हामी अझै पनि आफूलाई दोषी र असन्तुष्ट महसुस गर्छौं। अमेरिकाभरका क्याम्पसहरूमा, म पुरुष र महिलाहरूलाई घनिष्टता खोज्दै, एक सम्बन्धबाट अर्को सम्बन्धमा यो आशा गर्दै जाँदै गरेको देख्छु, "यस पटक पक्क पाउनेछु। यस पटक म लागो रहने सम्बन्ध खोज्दैछु।"

मलाई लाग्छ कि हामी के चाहन्छौं त्यो यौन होइन। हामी के चाहन्छौं घनिष्टता हो।

आज, घनिष्ठता शब्दको अर्थ यौन भइसकेको छ। तर यो त्यो भन्दा धेरै छ। यसले हाम्रो जीवनका विभिन्न आयामहरू समावेश गर्दछ - हो, शारीरिक, तर सामाजिक, भावनात्मक, मानसिक र आत्मिक पक्षहरू पनि छन्। घनिष्ठता भनेको पूर्ण जीवन साझेदारी हो। र के हामी सबैलाई एक न एक समयमा नजिकको, एकतामा, कसैसँग पूर्ण रूपमा आफ्नो जीवन बाँड्ने इच्छा गरेका थिएनौ?

घनिष्ठताको डर - माया पाउन डराउनु?

मार्शल होजले योर फियर अफ लभ नामक पुस्तक लेखे। यसमा उनी भन्छन्, "हामी प्रेम, निकटता र कोमलताको अभिव्यक्तिको क्षणहरू खोज्छौं, तर प्राय, महत्त्वपूर्ण बिन्दुहरूमा, हामी पछि हट्छौं। हामी निकटतासँग डराउँछौं। हामी प्रेम गर्न डराउँछौं।" उही पुस्तकमा होजले भन्छन्, "तपाईं कसैको जति नजिक आउनुहुन्छ, त्यहाँ पीडाको ठूलो सम्भावना हुन्छ।" यो पीडाको डर हो जसले हामीलाई प्राय साँचो घनिष्ठता खोज्नबाट टाढा लैजान्छ।

म दक्षिणी इलिनोइसको विश्वविद्यालयमा व्याख्यानहरू दिइरहेको थिएँ। एक भेटघाट पछि, एउटी महिला मसँग आएर भनिन्, "मैले तपार्इंसँग मेरो प्रेमीको समस्याको बारेमा कुरा गर्नु पर्छ।" हामी बस्यौं, र उनले मलाई आफ्ना समस्याहरू बताउन थालिन्। केही क्षण पछि, उनले यसो भनिन्: "म अब कहिल्यै चोट नलाग्ने कदम चाल्दैछु।" मैले उसलाई भनें, "अर्को शब्दमा, तपार्इंले फेरि कहिल्यै माया नगर्ने कदम चाल्दै हुँनुहुन्छ?" उनले सोचे कि मैले गलत बुझे, त्यसैले उनले जारी राखिन्। "होइन, त्यसो मैले भनेको होइन। म अब चोट खान चाहन्न। म मेरो जीवनमा पीडा चाहन्न।" मैले भने, "यो सहि हो, तपार्इंलाई आफ्नो जीवनमा माया चाहिँदैन।" त्यहाँ, "पीडारहित प्रेम" भन्ने कुनै चीज छैन। हामी कसैको जति नजिक पुग्छौं, त्यहाँ पीडाको ठूलो सम्भावना हुन्छ।

म अनुमान गर्छु कि तपार्इंले (र लगभग १०० प्रतिशत जनसंख्या) भन्नुहुनेछ कि तपार्इंलाई पहिले सम्बन्धमा चोट लागेको छ। प्रश्न यो छ, तपार्इं यो चोट कसरी सम्हाल्नु हुन्छ? दुखाइ लुकाउन, हामी मध्ये धेरै मानिसहरूलाई "दोहोरो चिन्ह" भन्ने दिन्छौं। हामी एक व्यक्तिलाई भन्छौं, "हेर, म तिमी मेरो नजिक आएको चाहन्छु। म माया गर्न चाहन्छु र माया पाउन चाहन्छु... तर एक मिनेट पर्खनुहोस्, मलाई पहिले चोट लागेको छ। होइन, म यो कुरा गर्न चाहन्न। म ती कुराहरू सुन्न चाहन्न।" हामी हाम्रो हृदय वरिपरि पर्खालहरू निर्माण गर्छौं जसले हामीलाई चोट पुर्याउने बाहिर मानिसहरूबाट जोगाउँछ। तर त्यही पर्खाल जसले मानिसहरूलाई बाहिर राख्छ, हामीलाई भित्रै थुन्छ। नतिजा? एक्लोपन आउछ र साँचो घनिष्ठता र प्रेम असम्भव हुन्छ।

प्रेम के हो?

प्रेम - घनिष्ठता के हो? प्रेम भावना भन्दा बढी छ, र यो राम्रो भावना भन्दा धेरै छ। तर हाम्रो समाजले प्रेम, यौन र घनिष्ठताको बारेमा परमेश्वरले भन्नुभएको कुरालाई लिएको छ र यसलाई केवल भावनाहरूमा परिवर्तन गरेको छ। परमेश्वरले बाइबलमा, विशेष गरी पहिलो कोरिन्थी अध्याय १३ मा धेरै विस्तारमा प्रेमको वर्णन गर्नुहुन्छ। तपाईंले परमेश्वरको प्रेमको परिभाषा पूर्ण रूपमा बुझ्नको लागि, म तपाईंलाई यसरी चारदेखि सात पदहरू प्रस्तुत गर्दछु। यदि एक व्यक्तिले तपार्इंलाई माया गर्छ भने तब यसले तपार्इंको आवश्यकताहरू कति पूरा गर्नेछ जसरी परमेश्वरले हामीले माया पाउनुपर्छ भन्नुहुन्छ:

  • यदि यो व्यक्तिले धैर्य र दयालु साथ तपाईंलाई जवाफ दिन्छ, र तपाईंलाई ईर्ष्या गर्दैन भने?
  • यदि यो व्यक्ति घमण्डी वा घमण्डी छैन भने?
  • यदि यो व्यक्ति तपार्इंप्रति असभ्य वा आत्म-खोजी वा सजिलै रिसाएन भने कस्तो हुन्छ?
  • यदि यो व्यक्तिले तपार्इंको गल्तीको रेकर्ड राखेन भने के हुन्छ?
  • यदि तिनीहरू छली हुन इन्कार गरे, तर सधैं तपाईंसँग साँचो रहे भने के हुन्छ?
  • के हुन्छ यदि त्यो व्यक्तिले तपार्इंको रक्षा गर्यो भने, तपार्इंलाई विश्वास गर्यो भने, सधैं तपार्इंको भलाइको आशा गर्यो भने, र तपार्इं सँग झगडा गरेन भने?

यसरी परमेश्वरले प्रेमलाई परिभाषित गर्नुहुन्छ जुन उहाँ चाहनुहुन्छ कि हामीले सम्बन्धहरूमा यो अनुभव गरून्। तपाईंले ध्यान दिनुहुनेछ कि यस प्रकारको प्रेम "अन्य-व्यक्ति" केन्द्रित छ। यो स्वार्थ खोज्नुको सट्टा दिने हो। र त्यहाँ समस्या छ। यसरी को बाँच्न सक्छ?

वास्तविक घनिष्ठताको लागि, हामीले पहिले माया गरेको महसुस गर्न आवश्यक छ।

सम्बन्धहरूमा यस प्रकारको प्रेम अनुभव गर्न हामीले पहिले हाम्रो लागि परमेश्वरको प्रेम अनुभव गर्न आवश्यक छ। यदि तपाईंले कहिल्यै यस तरिकाले माया गरेको अनुभव गर्नुभएको छैन भने तपाईंले कसैप्रति यस प्रकारको प्रेमलाई निरन्तर रूपमा प्रदर्शन गर्न सक्नुहुन्न। परमेश्वर, जसले तपाईंलाई चिन्नुहुन्छ, जसले तपाईंको बारेमा सबै कुरा जान्नुहुन्छ, तपाईंलाई पूर्ण रूपमा माया गर्नुहुन्छ।

परमेश्वरले हामीलाई पुरातन अगमवक्ता यर्मिया मार्फत भन्नुहुन्छ, "मैले तिमीहरूलाई त्यस्तो प्रेमले प्रेम गरें जुन सर्वदा रहीरहन्छ। यसर्थ मैले तिमीहरूलाई मेरो विश्वासयोग्यता कायम राखेको छु।" त्यसैले परमेश्वरको तपाईं प्रतिको प्रेम कहिल्यै परिवर्तन हुने छैन।

परमेश्वरले हामीलाई यति धेरै माया गर्नुभयो कि उहाँले येशू ख्रीष्टलाई हाम्रा पापहरूका लागि क्रूसमा टाँग्न दिनुभयो (एक पुरानो मृत्युदण्ड) ताकि हामी शुद्ध हुन सकौं। हामी बाइबलमा पढ्छौं, "परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ।" जब हामी परमेश्वरमा फर्कन्छौं र उहाँको क्षमालाई स्वीकार गर्छौं, तब हामीले उहाँको प्रेम अनुभव गर्न थाल्छौं।

परमेश्वरले हामीलाई भन्नुहुन्छ, "तर यदि हामी हाम्रा पापहरु स्वीकार गर्छौ तब परमेश्वर जो विश्वासयोग्य अनि धर्मी हुनुहुन्छ हाम्रा पापहरु अनि हामीले गरेको जम्मै गल्तीहरु क्षमा गर्नुहुनेछ।" परमेश्वरले हाम्रा पापहरू क्षमा मात्र गर्नुहुन्न, तर उहाँले तिनीहरूलाई बिर्सनुहुन्छ र हामीलाई शुद्ध पार्नुहुन्छ।

यसरी माया पाउँदा कस्तो होला?

परमेश्वरले हामीलाई जे भए पनि माया गरिरहनु हुन्छ। प्राय, सम्बन्ध समाप्त हुन्छ जब तिनीहरूमा केहि परिवर्तन हुन्छ, जस्तै हानिकारक दुर्घटना वा आर्थिक स्थितिको हानि। तर परमेश्वरको प्रेम हाम्रो शारीरिक रूप वा हामी को वा के हौं भन्नेमा आधारित छैन।

तपार्इंले देख्न सक्नुहुन्छ, प्रेमको बारेमा परमेश्वरको दृष्टिकोण समाजले हामीलाई भनेको प्रेम भन्दा पूर्ण रूपमा फरक छ। के तपाईं यस्तो प्रेम सँग सम्बन्धको कल्पना गर्न सक्नुहुन्छ? परमेश्वरले हामीलाई भन्नुहुन्छ कि उहाँको क्षमा र प्रेम हाम्रो मागको लागि हो। यो हामीलाई उहाँको उपहार हो। तर यदि हामीले उपहारलाई इन्कार गर्यौं भने, हामी ती व्यक्तिहरू हौं जसले जीवनमा साँचो पूर्ति, साँचो घनिष्टता र साँचो उद्देश्य पाउनबाट आफूलाई अलग गर्छौं।

परमेश्वरको प्रेमले जवाफ दिन्छ। हामीले गर्नुपर्ने भनेको विश्वास र प्रतिबद्धतामा प्रतिक्रिया दिनु हो। बाइबलले येशूको बारेमा यसो भन्छ: "तर जतिले उहाँलाई ग्रहण गरे र उहाँको नाउँमाथि विश्वास गरे, उहाँले तिनीहरूलाई परमेश्वरका सन्तान हुने अधिकार दिनुभयो।" परमेश्वरले आफ्नो एकमात्र पुत्र येशूलाई हाम्रो ठाउँमा मर्न पठाउनुभयो। तर कथाको अन्त्य यहीँ हुँदैन। तीन दिनपछि, येशू मृत्युबाट बौरी उठ्नुभयो। परमेश्वरको रूपमा, उहाँ आज जीवित हुनुहुन्छ र उहाँको प्रेम तपाईंको हृदयमा राख्न चाहनुहुन्छ। एकचोटि तपाईंले उहाँलाई स्वीकार गर्नुभयो भने, उहाँले तपाईंको जीवन र तपाईंको सम्बन्धहरूमा के गर्न सक्नुहुन्छ भनेर तपाईं छक्क पर्नुहुनेछ।

परमेश्वरको वचनले हामीलाई बताउँछ, "जसले पुत्रमाथि विश्वास गर्छ, त्यससित अनन्त जीवन छ। जसले पुत्रको आज्ञापालन गर्दैन, त्यसले जीवन देख्नेछैन, तर परमेश्वरको क्रोध त्यसमाथि रहिरहन्छ।" परमेश्वरले आजको लागि मात्र होइन तर हामीले अनन्तको लागि जीवन पाएको चाहनुहुन्छ। यदि हामीले उहाँलाई अस्वीकार गर्यौं भने, हामीले पापको परिणाम रोज्नेछौं जुन मृत्यु र उहाँबाट अनन्तको लागि अलग हुनु हो।

यो येशू ख्रीष्टलार्इ स्वागत गर्नु हो, उहाँलाई हाम्रो जीवनमा ग्रहण गर्नु र उहाँमा भरोसा गर्नु हो, जसले हाम्रो जीवनलाई सन्तुलनमा ल्याउँछ। परमेश्वरमा विश्वासले परमेश्वरको क्षमा प्रदान गर्दछ। अब लुक्ने होइन, र आफ्नै बाटो लाग्ने होइन। उहाँ हाम्रो साथमा हुनुहुन्छ। उहाँमा हाम्रो शान्ति छ।

हामीले उहाँमा हाम्रो विश्वास र निर्भरता राखेपछि, उहाँले हाम्रो जीवनमा वास गर्नुहुन्छ र उहाँसँग हाम्रो घनिष्टता बढछ। उहाँको क्षमाले हामीलाई गहिरो पाप, गहिरो आत्मकेन्द्रितता, सबैभन्दा गहिरो समस्या वा संघर्षबाट हामीलाई शुद्ध पार्नेछ।

बाइबलमा, यौनप्रति परमेश्वरको दृष्टिकोण एकदमै स्पष्ट छ। परमेश्वरले यौनलाई विवाह र विवाहको लागि मात्र आरक्षित गर्नुभएको छ। उहाँले हामीलार्इ दुःखी बनाउनको लागि होइन, तर उहाँले हाम्रो हृदयको रक्षा गर्न चाहनुहुन्छ। उहाँ हाम्रो लागि एक सुरक्षित आधार निर्माण गर्न चाहनुहुन्छ ताकि जब हामी विवाहमा प्रवेश गर्छौं, यसको घनिष्टता परमेश्वरको प्रेम र बुद्धिको सुरक्षामा आधारित हुन सकोस्।

घनिष्टता सुरक्षा र मायाको भावनाबाट उत्पन्न हुन्छ।

जब हामी आफूलाई येशू ख्रीष्टमा सुम्पन्छौं, उहाँले हामीलाई दिनहुँ नयाँ प्रेम र नयाँ शक्ति दिनुहुन्छ। यसमा हामीले खोजेको घनिष्टताको सन्तुष्टि पाउछौं। परमेश्वरले हामीलाई यस्तो प्रेम गर्नुहुन्छ जुन छोड़िने छैन र बढ्दो वर्ष र परिवर्तन समय सँग रोकिने छैन। उहाँको प्रेमले दुई व्यक्तिहरूलाई एकसाथ उहाँसँग त्यो संघको केन्द्रमा ल्याउन सक्छ। डेटिङ सम्बन्धमा, तपाईं सँगै बढ़दै जाँदा, आत्मिक मात्र होइन, तर सामाजिक, मानसिक र भावनात्मक रूपमा, तपाईं इमानदार, हेरचाह गर्ने, र घनिष्ठ सम्बन्धमा बढ़नु सक्नुहुन्छ जुन पूर्ण र रोमाञ्चक हुन्छ! र जब सम्बन्ध विवाहमा परिणत हुन्छ, यौन संघले स्थापना भएको जगलाई बढ़ाउन मात्र सक्छ।

हाम्रो कुनै पनि सम्बन्धमा, हामीलार्इ परमेश्वरले माया गर्छौं भन्ने थाहा पाउँदा, हामीलाई अरूलाई अझ साँचो प्रेम गर्न स्वतन्त्र बनाउँछ। हामी भावनात्मक रूपमा कम खाँचोमा हुन्छौं। ईर्ष्या, कटुता, र बेइमानी जसले धेरै सम्बन्धहरूलाई चित्रण गर्छ त्यो हाम्रो मात्र विकल्प होइन। हामीले त्यसमा हार मान्नु पर्दैन भन्ने बुझ्छौं। यसको सट्टा, हामी खेलहरूलार्इ पन्छाएर, सत्यवादी हुन सक्छौं, र अपराधहरू पनि क्षमा गर्न सक्छौं। सरल भाषामा भन्नुपर्दा, हामीले परमेश्वरको प्रेम अनुभव गर्दा, यसले हामीलाई अरूसँग सम्बन्ध राख्ने फरक तरिकातर्फ उत्प्रेरित गर्छ।

के तपाईं परमेश्वरलाई चिन्न चाहनुहुन्छ र उहाँलाई तपाईंको जीवन र तपाईंको सम्बन्धहरूमा नेतृत्व गर्न दिनु चाहनुहुन्छ?

तपाईंले अहिले नै प्रार्थनाद्वारा विश्वासद्वारा ख्रीष्टलाई ग्रहण गर्न सक्नुहुन्छ। प्रार्थना भनेको परमेश्वरसँग कुरा गर्नु हो। परमेश्वरले तपाईंको हृदय जान्नुहुन्छ र तपाईंको शब्दहरूसँग त्यती चासो राख्नुहुन्न तर तपार्इंको हृदयको मनोवृत्तिसँग राख्नुहुन्छ। निम्न सुझाव गरिएको प्रार्थना हो: "हे प्रभु येशू, मलाई तपार्इंको खाँचो छ। मेरो पापको लागि क्रुसमा मर्नु भएकोमा धन्यवाद। म मेरो जीवनको ढोका खोल्छु र तपार्इंलाई मेरो मुक्तिदाता र प्रभुको रूपमा ग्रहण गर्दछु। मेरो पापहरू क्षमा गर्नुभएकोमा र मलाई अनन्त जीवन दिनु भएकोमा धन्यवाद। मेरो जीवनलाई नियन्त्रणमा लिनुहोस् र तपाईंले चाहनुहुन्छ व्यक्ति मलार्इ बनाउनुहोस्।"

के यो प्रार्थनाले तपाईंको हृदयको इच्छा व्यक्त गर्दछ? यदि यो हुन्छ भने, अहिले नै यो प्रार्थना गर्नुहोस्। ख्रीष्टमा आफ्नो विश्वास राख्दा उहाँले प्रतिज्ञा गर्नुभए अनुसार उहाँ तपाईंको जीवनमा आउनुहुनेछ। यसले उहाँसँगको सम्बन्ध सुरू गर्नेछ जुन तपाईंले उहाँलाई अझ राम्ररी चिन्ने बित्तिकै घनिष्ठ हुनेछ। र उहाँसँग यसको केन्द्रमा, तपाईंको जीवनले पूर्ण नयाँ आयाम लिनेछ - एक आत्मिक - तपाईंको सबै सम्बन्धहरूमा थप सद्भाव र पूर्ति ल्याएर।

तपाईंको लागि परमेश्वरको प्रेमलाई थाहा पाउँदा र अनुभव गर्दै, तपाईंले अरूलाई परमेश्वरको प्रेमले प्रेम गर्न सक्षम हुनुहुनेछ, जसले वास्तविक घनिष्टताको गहिरो स्तरमा पुर्याउँछ।

 मैले भरखरै येशूलाइ मेरो जीवनमा ग्रहणा गरें (केही सहयोगी सूचनाहरू)
 म येशूलाइ मेरो जीवनमा निम्त्याउन चाहन्छु। कृपया यस बारेम अरू बताउनुहोस्
 म प्रश्न सोध्न चाहन्छु…

फुटनोटहरू: (१) यर्मिया ३१:३ (२) यूहन्ना ३:१६ (३) १ यूहन्ना १:९ (४) यूहन्ना १:१२ (५) यूहन्ना ३:३६

© डा. रिचर्ड पुर्नेल - डा. रिचर्ड पुर्नेलले ४५० भन्दा बढी विश्वविद्यालय र कलेज क्याम्पसहरूमा विद्यार्थीहरूसँग कुरा गर्नुभएको छ। उहाँ १२ पुस्तकहरूका लेखक हुनुहुन्छ, जसमा बिकमिंग ए फ्रेन्ड एण्ड लभर र फ्रि टु लभ अगेन: कमिङ टू टर्म्स विथ सेक्सुअल रेग्रेट सामेल छ।


अरूलार्इ पठाउनुहोस्
WhatsApp Share Facebook Share Twitter Share Share by Email More